चिसो बढेसँगै कोभिडको संक्रमण बढ्न सक्ने

काठमाडौं,कात्तिक २३, राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् । यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था