आयल निगमका पूर्वकार्यकारी निर्देशक अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

 असार १५,काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् । विशेष अदालतले खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको हो । आज विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो