January 26, 2017

इमान्दारले आत्तिनु पर्दैन – विद्युत प्राधिकरण

१३ माघ, काठमाडौं ।  विद्युत प्राधिकरणले सरुवाकै कारण कर्मचारीलाई नतर्सिन अपील गरेको छ । हालै भएको सरुवालाई नियमित प्रक्रिया भएको भन्दै प्राधिकरणले यसबाट त्रसित नहुन कर्मचारीलाई आग्रह गरेको हो ।

बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै प्राधिकरणले ग्राहक सेवा निर्देशनालय अन्तरगत सरुवा भएका कर्मचारीलाई आफ्नो तेकिएको कार्यक्षेत्रमा उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेको छ ।nea-apeal

 

प्रवक्ता प्रबल अधिकारीले जारी गरेको विज्ञप्तिमा प्राधिकरणको प्रचलित विनियमावलीअनुसार सेवाअवधि पुगेका कर्मचारीलाई साउन र माघमा सरुवा गर्ने व्यवस्थाअनुरुप पछिल्लो काम गरिएको स्पष्ट गरिएको छ ।

प्राधिकरणले सुरुवातलाई विद्युत चुवाहट र लोडसेडिङसँग जोडेर नहेर्न पनि आम सर्वसाधारणलाई अपील गरिएको छ । विज्ञप्तिमा प्राधिकरणले कसूरजन्य काममा संलग्नलाई कारवाही गर्ने दोहोर्‍याउँदै इमान्दारितापूर्वक काम गर्ने कर्मचारीको दक्षता र क्षमता अभिबृद्धिका लागि समयसापेक्ष निर्णयहरु गर्ने प्रतिवद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध