सुशीलाको पक्षमा एमालेसहितको १० दल

 

sushila-kriki-sunuwai-1
काठमाडौँ, बैशाख २२- प्रमुख प्रतिपक्षी एमालेसहितका १० दलले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन् । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकिकरणको सिद्धान्त विपरितको महाभियोग प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने प्रतिपक्षको चेतावनीका कारण बिहिबारका लागि डाकिएको संसद बैठक शुक्रबार विहानसम्मका लागि सूचना टाँसी स्थगित भएको छ, कान्तिपुरमा खबर छ ।

 

‘प्रधानन्यायाधीश विरुद्ध संसदमा दर्ता गरिएको महाभियोगको प्रस्ताव अनुचित हुनुका साथै यसले शक्ति पृथकिकरणको सिद्धान्त, स्वतन्त्र न्ययापालिकाको मर्म र लोकताीन्त्रक मुल्य मान्यतामाथि गम्भिर प्रहार गरेकोले सो प्रस्ताव तुरुन्त फिर्ता लिई कानुनी शासनको सम्मान गर्न प्रस्तावक राजनीतिक दलहरुसंग माग गर्दछौ,’ ती दलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रमुख प्रतिपक्षी नेता केपी ओलीले प्रधानमन्त्री पुष्पकल दाहालसंग विहिबार मध्यान्ह गरेको छलफलमा महाभियोग प्रस्ताव फिर्ता नभएसम्म संसदका कुनै काम–कारवाही चल्न नदिने जनाउ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका