May 4, 2017

दुबई एयरपोर्टबाटै यसरी फर्काइयो ३१ जना नेपाली महिला

बैशाख २१, काठमाडौं –  घरेलु काममा लगाइदिने प्रलोभनमा पारी मानव तस्करले भारतको बाटो हुँदै खाडी पुर्‍याएका करिब तीन दर्जन नेपाली महिला दुबई एयरपोर्टबाटै फर्काइएको खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

ट्रान्जिटमा चार दिनसम्म पनि भिसा नपाएपछि दुबई अध्यागमनले ३१ जना नेपाली महिलालाई स्वदेश फर्काएको हो । फर्काइएकामध्ये १२ जना मंगलबार र १९ जना बुधबार नेपाल आइपुगेका हुन् । नेपाल फर्काइएकामध्ये केही बिरामी छन् । झापा, मोरङ, बर्दिया, काभ्रे, सिन्धुपाल्चोक, रौतहट, बाँकेलगायत दर्जन बढी जिल्लाका महिला दुबई एयरपोर्टमा अलपत्र परेका थिए ।

तस्करले विभिन्न स्थानका महिलालाई दिल्लीको बाटोबाट कुवेत लैजाने प्रयास गरेका थिए । अध्यागमन विभागलाई ती महिलाले कुवेत जान मानव तस्करलाई दुई लाख रुपैयाँभन्दा बढी रकम तिरेर गएको बयान दिएका छन् ।

तर, उनीहरूले कुनै मानव तस्करको नाम भने बयानमा उल्लेख गरेका छैनन् । ‘फर्किएका महिलाले आफैं दिल्ली पुगी त्यहाँबाट दुबई गएको बताएका छन्’, विभागका एक अधिकारीले भने । बयानका क्रममा ती महिलाले सरकारले खाडीमा काम गर्न जान वैधानिक बाटो नदिएको र वैदेशिक रोजगारीमा जानुको विकल्प नभएको बताएका छन् ।

उनीहरू दिल्लीबाट उड्नुअघि एकदेखि तीन महिनासम्म त्यहाँ बसेका थिए । तस्करले केन्या जाने भन्दै उनीहरूलाई उडाए पनि दुबईमा भिसा पाइने र त्यहाँबाट कुबेत पुग्ने आश्वासन दिएका थिए ।

‘हामी चार दिन दुबई एयरपोर्टमा बस्यौं तर भिसा नपाएपछि हामीलाई फर्काइयो’, बुधबार फर्किएकी बाँकेकी निर्मला परियार (नाम परिवर्तन)ले भनिन् । फर्किएका महिलाको राहदानी रेकर्डअनुसार धेरैजना यसअघि धेरैपल्ट खाडीका विभिन्न मुलुकमा काम गरेको देखिएको अध्यागमनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका