April 30, 2017

चीनले किन बन्द गर्यो रसुवागढी नाका ?

बैशाख १७,विदुर – नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरी बन्द भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ।

नेपाल चीनको व्यापारिक नाका रसुवागढी तीन दिनसम्म बन्द रहने छ। तीन दिनसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने चिनियाँ पक्षबाट जानकारी आएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले जानकारी दिए।

आइतबारदेखि तीन दिन पूर्ण रुपमा नाका बन्द हुने चिनियाँ अधिकारीले नेपाली सुरक्षा अधिकारीलाई जानकारी गराएको दाहालको भनाइ छ।

चिनियाँ पक्षले २७ किलोमिटर दूरीको रसुवागढी–केरुङ सडक मर्मत तथा ट्रयाक निर्माणका लागि ब्लाष्टिङको काम शनिबारदेखि थालेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ। रसुवागढीदेखि चीनको केरूङसम्म चिनियाँ पक्षले शनिबारदेखि सडक सुधार तथा मर्मत कार्य थालेको छ।

चिनियाँ पक्षले नाका बन्द भएको र सवारी साधन सञ्चालन प्रभावित भएको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए।

रसुवागढी नाका काठमाडौंदेखि एक सय ५२ किलोमिटर दूरीमा छ। नाका सन्चालन हुँदा दैनिक रुपमा ५० वटा माल वहाक कन्टेनर तथा अन्य यातायातका साधन सन्चालन हुँदै आएका थिए। गत फागुनदेखि दुई महिनाको अवधिमा रसुवागढी नाका पहिरोलगायतका कारणले एक महिनाभन्दा बढी बन्द भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका