एमडीको प्रवेश परीक्षामा ब्लुटुथबाट चिट चोरी : चिट चोर्ने चिकित्सकद्वय डा. अभिषेक आचार्य र डा. मनसा भोहरा पक्राउ

Blootuth१० काठमाण्डाै । चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तहको प्रवेश परीक्षामा ‘ब्लुटुथ’बाट चिट चोरी हुने गरेको खुलेको छ । शनिबारको परीक्षामा त्यसरी चिट चोरी गर्ने दुई चिकित्सक पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले सञ्चालन गरेको परीक्षामा चिट चोर्ने चिकित्सकद्वय डा. अभिषेक आचार्य र डा. मनसा भोहरा पक्राउ परेका हुन् ।

 आचार्य कमलपोखरीस्थित किस्ट कलेज तथा भोहरा महाराजगन्जस्थित त्रिवि नर्सिङ कलेजबाट पक्राउ परेका हुन् । कानमा ब्लुटुथ लगाएर उनीहरूले बाहिरबाट चिट चोर्ने गरेको खुलेपछि पक्राउ गरी प्रहरीलाई बुझाइएको थियो । उनीहरूको ब्लुटुथ डिभाइसमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । परीक्षाहल बाहिरबाट उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेकी २७ वर्षीय भोहरा भारतीय नागरिक हुन् । दुवैजनाले एउटै तरिकाबाट चिट चोरेकाले यसमा कुनै गिरोहले उनीहरूलाई सहयोग गरेको प्रहरी आशंका छ ।

 

एमडी अध्ययनका लागि धेरै पैसा पर्ने र नाम निकाल्ने गाह्रो हुने भएकाले यसमा चलखेल भएको आशंका गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले दुवै चिकित्सकलाई नियन्त्रणमा लिएको हो । चिकित्सा अध्ययन संस्थानले उनीहरूको परीक्षा रद्द गरी अनुसन्धानका लागि प्रहरीमा बुझाएको हो । चिट चोरेकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले तारेखमा उनीहरू छुटेको महाराजगन्ज वृत्तका डिएसपी गोविन्द पुरीले बताए ।

महानगरीय अपराध महाशाखाले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ । काठमाडौं महानगरपालिका–३५ का ५५ वर्षीय भोला अधिकारी, ४५ वर्षीय पुरुषोत्तम ढकाल र ७० वर्षीया कान्छी खड्का छन् । घाइते ३० मध्ये १६ जनालाई जिल्ला अस्पताल मुस्ताङमै उपचारका लागि राखिएको छ । गम्भीर घाइते भएका १४ जनालाई थप उपचारका आर्मीको हेलिकोप्टरमार्फत पोखरा लगिएको छ ।

घाइते यात्रुहरूको पोखरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले जानकारी दिए । बसमा अधिकांश तीर्थयात्रु रहेको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर सेनाको ट्रकबाट मृतक, घाइते र सबै यात्रुको सामान सदरमुकाम जोमसोम ल्याइएको थियो । सवारीचालक विराज केसीको लापरबाहीले दुर्घटना भएको घाइते यात्रुहरूले आरोप लगाएका छन् ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका