८ माघ, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद तथा गोपनीयताको शपथ लिएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।
यसबाहेक, नयाँ पत्रिका दैनिकले विश्वबजारमा नेपाली ब्राण्डबारेको समाचारलाई मुख्य समाचार बनाएको छ ।
राजधानी दैनिकले एक वर्षभित्र तीनवटै निर्वाचन गर्न चुनौती भएको विश्लेषणात्मक समाचारसँगै नेपाली चेली तेरिया फौजा भारतमा नम्बर वान डान्सर भएकी र इन्टरपोलको क्षेत्रीय सम्मेलन सकिएको समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले उच्च अदालतमा नियुक्त भएका न्यायाधीशप्रति असन्तुष्टि राख्दै महान्यायाधिवक्ता र सरकारी वकिलले अदालत बहिष्कार गरेको र भक्तपुरको जुजु धौ जोगाउनै धौधौ भएको समाचारलाई प्राथमिकता दिएको छ ।
नागरिक दैनिकले स्थानीय निकाय नेतृत्वविहीन हुँदा मियोबिनाको दाइँजस्तै भएको र बाँकेमा मट्टीतेल छर्किएर पत्नीलाई आगो लगाएको समाचारलाई महत्व दिएको छ ।
कान्तिपुर दैनिकले संविधान कार्यान्वयका लागि नागरिक अभियन्ताहरु जुटेको र क्रिकेट मुख्यालय बेहाल भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।
गोरखापत्र दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालले वन्यजन्तु जोगाउन साझा अवधारणा आवश्यक भएको बताएकोसँगै दलका नेताहरुले निर्वाचनको मिति घोषणा गर्न माग गरेको र कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय चुनावपछि मात्रै सरकार फेरिने बताएको समाचारलाई प्राथमिकता दिएको छ ।
नेपाल समाचारपत्र दैनिकले ‘फ्रि मधेश’को नारा लाग्दा सरकार किन चुप ?’ शीर्षकको समाचारसँगै बाँकेमा पत्नीलाई जिउँदै आगो लगाएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
२९ वैशाख २०८२ । विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध
बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
२१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न
बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी