April 18, 2017

न्यूरोडमा रहेको रणमुक्तेश्वर मन्दिरमा केहि नेता र व्याक्तिले लुट मच्याउदै

ranamukte
 
 

काठमाडौ,  बैशाख, उपत्यकाको प्रमुख व्यापारिक केन्द्र न्यूरोडमा रहेको रणमुक्तेश्वर मन्दिर प्राचिनकालमा नै निर्माण भएको थियो । उक्त मन्दिर गुठी संस्थानको सम्पत्ति भएको र त्यसले चर्चेका लगतपात सबैमा गुठी संस्थानको अधिकार र भोगचलन गर्न पाउने कानुनी प्रावधान छ ।

सोही प्रवाधानलाई लत्याएर स्थानीय केही नेता तथा कार्यकर्ताहरुले लुट मच्चाएसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीयबासीहरुले छानविनको माग गर्दै हालेको उजुरी यतिवेला छानविनमा रहेको भनिएतापनि छानविन प्रकृया सुस्ताएको आरोप स्थानियबासीहरुले लगाएका छन् ।

गुठी संस्थानका कर्मचारीहरुको मिलेमतोमा मन्दिरका नाममा स्थानीय केही नेता तथा व्यक्ति विशेषले लुट धन्दा मच्याउदै आएको पाइएको छ । उक्त मन्दिरको संरक्षणमा अवैध अशुली गरेर होस् वा मन्दिर परिसरमा रहेको पसल कवलहरुबाट अवैध रुपमा मासिक भाडा असुलेर होस् उक्त गिरोहको त्यस क्षेत्रमा ठगी धन्दामा मौलाएको छ ।

रणमुक्तेश्वर मन्दिर परिसर एवं न्यूरोड क्षेत्रका विभिन्न सार्वजिक जग्गा होस् वा व्यक्तिविशेषको मुद्दा मामिलामा फसेका जग्गाहरु हुन् सो गिरोहले कब्जा गर्दै मासिक रुपमा चर्को भाडादरमा दिने र मासिक रुपमा लाखौं रुपैयाँ अवैध संलग्नमा सक्रिय सो गिरोहको समाचार पटक पटक आएपछि सम्बन्धित निकायको ध्यानाकर्षणसंगै छानविन शुरु थियो ।

एमाले निकट केही नेता तथा कार्यकर्ताहरुले दुहुनो गाईको रुपमा रणमुक्तेश्वरलाई प्रयोग गरिरहेको र उक्त मन्दिरको संरक्षका नाममा समेत मोटो रकम संकलन गर्दै काम भन्दा कमाउ धन्दामा लागेका चिनीकाजी महर्जन, राजेन्द्रमान श्रेष्ठलगायतका गिरोह अहिले कारवाहीबाट जोगिन शक्तिकेन्द्रहरुमा लम्पसार पर्न थालेसंगै अख्तियारको अनुसन्धान प्रभावित भएको दावी स्रोतले गरेको छ । तिब्र खबर संगको सहकार्यमा सूचना खबर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन