काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला भएको बताएका छन् ।
‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित नेपाली दूतावासमा आज भएको अन्तक्र्रिया कार्यक्रममा विदेशमा नेपाली कामदारले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत रहेको बताए ।
प्रधानमन्त्री दाहालले राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड दिएको बताएको उनको निजी सचिवालयले जनाएको छ । उनले राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार दृढ रहेको उल्लेख गरे ।
ऊर्जा सम्मेलनबारे प्रधानमन्त्रीले भने “हामीले वैदेशिक रोजगारीबाट आएको पुँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौ, म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाको अनुगमन गरिरहेको छु ।”
ब्लड मनी (हत्या क्षतिपूर्ति), राहदानीको नवीकरण शुल्क घटाउने लगायत महत्वपूर्ण विषयमा सरकारले काम गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले विदेशमा रहेको नेपालीका समस्या कूटनीतिक र राजनीतिक तवरले सम्बोधन गर्न सरकार लागिपरेको विश्वास दिलाउनुभएको सचिवालयले जनाएको छ ।
भेटमा ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शङ्करदास वैरागी, युएइका लागि नेपाली कावा राजदूत नेत्रबहादुर टन्डन, शिष्टाचार महापाल दीपक अधिकारीलगायत सहभागी थिए।
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न
बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको