नियमित विद्यालय आउने विद्यार्थीलाई मासिक दुईसय

म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिका– ९ गलेश्वरमा रहेको जडभरत प्राथमिक विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थी सङ्ख्या बढेको छ । नियमति विद्यालय आउने, विद्यालयका गतिविधिमा संलग्न हुने, हाजिर गर्नेलगायतका शैक्षिक गतिविधिमा सक्रिय बनाउनप्रति विद्यार्थी मासिक दुई सय रुपैयाँसहित स्टेसनरी साम्रगीसमेत उपलब्ध गराउन थालिएपछि शैक्षिक गुणस्तर बढ्नुका साथै अभिभावकको सक्रियता समेत बढेको विद्यालयका शिक्षक लोकेन्द्रबहादुर खड्काले बताउनुभयो ।

बुधबार विद्यालयमा वार्षिक परीक्षाको नतिजा सार्वजनिक तथा नगद सुविधा हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताले सामुदायिक विद्यालयमा सुविधा थप गरी गुणस्तरीय शिक्षाको वातावरण बनाउन सकिएमा विद्यार्थीको आर्कषण बढ्ने विचार व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष बमबहादुर पुनले आर्थिकसहित शैक्षिक सहयोगले विद्यार्थीको सङ्ख्यासँगै गुणस्तरीय शिक्षामासमेत सहयोग पुगेको बताउनुभएको थियो ।

विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले विद्यार्थीको पठनसीपको विकाससहित सम्रग शैक्षिक गुणस्तरमा अभिभावको जिम्मेबारी प्रमुख हुने बताउनुभएको थियो । बेलायतको एक सामाजिक संस्थामा कार्यरत रघुगङ्गा गाउँपालिका अन्तर्गत झिँ का खिम शेरचनले सङ्कलन गरेको रु २० लाख विद्यालयको मुद्दतिमा राखेपछि विद्यार्थीलाई आर्कषण गर्न सजिलो भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक