नेपाल प्रहरीको पेट्रोल पम्पले यसरी ठगी गर्दै छ

OILकाठमाडौं, २९ चैत । सरकारी स्वामित्वमा रहेर सञ्चालित नक्सालस्थित प्रहरी कल्याण कोष पेट्रोल पम्पले उपभोक्तालाई पेट्रोल बिक्री गर्दा तोकिएको परिमाणभन्दा कम बिक्री गर्ने गरेको पाइएको छ ।

आपूर्ति मन्त्रालयको संयोजकत्वमा सोमबार अनुगमनका लागि खटिएको अनुगमन टोलीका अनुसार सो पेट्रोल पम्पले तोकिएको परिमाणभन्दा कम बिक्री वितरण गर्ने गरेको पाइएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

अनुगमन टोलीका अनुसार नक्सालस्थित प्रहरी पेट्रोल पम्पमा सञ्चालनमा रहेका चारवटा नोजलमध्ये एक नोजलबाट १० लिटरमा २० मिलिटर कम पेट्रोल बिक्री वितरण गर्ने गरेको छ ।

अनुगमन टोलीमा संलग्न नापतौल तथा गुणस्तर विभागका अधिकारी भुवन दवाडीले १० लिटरमा २० मिलिलिटर पेट्रोल कम बिक्री गर्ने गरेको भए पनि १० लिटरमा २५ मिलिलिटरसम्म तल–माथि हुन स्वभाविकै भएको बताए ।

‘५ लिटरमा १५ मिलिलिटर र १० लिटरमा २५ मिलिलिटरसम्म तल–माथि हुनु स्वभाविकै हो । यस्तो आवस्थामा कुनै कारबाही नहुने प्रावधान छ । यसभन्दा बढी परिमाणमा तल–माथि भए चाहिँ कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने ।

नक्सालस्थित प्रहरी पेट्रोल पम्पमा अधिकांश मापदण्ड पूरा नगरेको भेटिएको र व्यवसायीले समेत अनुगमन टोलीलाई असहयोग गरेको अनुगमन टोलीका संयोजक तथा आपूर्ति मन्त्रालय अनुगमन शाखाका अधिकृत कपिलप्रसाद रेग्मीले जानकारी दिए ।

सो पेट्रोल पम्पले परिमाण र गुणस्तरसम्बन्धी विवरण सर्वसाधारणले नदेख्ने गरी राखेको, अपांग मैत्री शौचालय नभएको, १० लिटर क्षमताको चार थान बाल्टीमा बालुवा नराखिएको लगायतका सामान्य मापदण्ड र यसअघि विभिन्न निकायले गरेको अनुगमनका कागजपत्रसमेत अलपत्र पारेको उनले बताए ।

यसैगरी, रेग्मीले प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पमा अहिलेसम्म कुनै पनि अनुगमनमा नखेप्नुपरेको धम्की खेप्नुपरेको बताए । अनुगमनका क्रममा व्यवसायीले ढिलाइ गर्न खोज्दा व्यवसायी र अनुगमनकर्ताबीच चर्काचर्की भएको थियो । सो विषयलाई लक्षित गर्दै रेग्मीले धम्की बेहोर्नुपरेको बताए । ‘हामी पनि कर्मचारी मान्छे, कामका लागि खटिएका मान्छे, तर यस पम्पका सञ्चालकबाट यस्तो व्यवहार खेप्नुप-यो । यस्तो त सोचेको पनि थिएन,’ रेग्मीले भने ।

त्यस्तै, अनुगमन टोलीमा संलग्न आयल निगमका अधिकारी बासुदेव ओझाले नक्सालमा रहेको प्रहरी पेट्रोल पम्पले सामान्य मापदण्ड पनि पूरा नगरेको यसअघि गरिएका अनुगमनका कागजात पनि अव्यवस्थित र अलपत्र पारेर राखेको बताए ।

‘विभिन्न निकायबाट अनुगमन भएका कागजपत्र तथा अन्य आवश्यक कागजातहरू अव्यवस्थित गरेकाले अबदेखि कागजात तथा कागजपत्र फाइलिङ गरेर राख्न र अन्य सामान्य मापदण्ड पनि पूरा गर्न निर्देशन दिएका छौं,’ उनले भने ।

सोमबार राजधानीमा गरिएको तीनवटा पेट्रोल पम्पमध्ये नक्सालकै अर्को गोमागणेश पेट्रोल पम्प र पानीपोखरीस्थित त्रिलोचन इन्टरप्राइजेजले यसअघि दिएका निर्देशन पूर्ण रूपले पालना गरेको बताए ।

आपूर्ति मन्त्रालयको संयोजकत्वमा खटिएको अनुगमन टोलीमा आपूर्ति विभागका अधिकारीहरू, उद्योग मन्त्रालयअन्तर्गतको नापतौल तथा गुणस्तर विभागका अधिकारीहरू, प्रहरी, आयल निगमका अधिकारीहरू, कृषि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरू रहेका छन् ।

दुई टोली बनाएर गरिएको अनुगमनमा गोविन्द लुइँटेलको संयोजकत्वमा खाद्यान्न अनुगमन गर्न खटिएको टोलीले करिब ३४ केजी घिउ जफत गरेको जानकारी दिइएको छ । चाबहिलको बीबीसी नाम गरेको डेरीलगायतमा गुणस्तरहीन घिउ बिक्री वितरण गर्ने गरेको पाइएपछि सो घिउ जफत गरिएको अनुगमन टोलीका सदस्य दर्शन आचार्यले जानकारी दिए ।

उनका अनुसार सो घिउ बिक्री वितरण नगर्न यसअघि नै निर्देशन दिइएको र खाद्य विभागले यसअघि नै नमुना परीक्षण गर्दा गुणस्तरहीन भेटिएकाले घिउ जफत गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका