२६ चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको माओवादी नेता वर्षमान पुनको भनाइप्रति एमाले सचिव प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।
एमाले आगामी बैशाख ३१ मै चुनाव हुनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै ज्ञवालीले अनलाइनखबरसँग भने- ‘एमालेले चुनाव सार्न प्रस्ताव गर्यो भन्ने वर्षमानजीको भनाइ सरासर झूठ कुृरा हो, यस्तो भ्रामक कुरा गरेर आफ्नो राजनीतिक स्तर नघटाउन म उहाँलाई सुझाव दिन्छु ।’
एमालेले चुनाव सार्न नचाहेको तर माओवादीले नै अनेक बाहाना बनाएर सार्न खोजिरहेको ज्ञवालीले बताए । उनले भने- ‘एमाले चुनाब हुनैपर्ने पक्षमा छ, तर सत्तारुढ पार्टीले नै विभिन्न बाहाना बनाएर बैशाख ३१ को चुनाव पछि धकेल्ने षडयन्त्र गरिरहेको छ ।’
माओवादी नेता वर्षमान पुनले शुक्रबार बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै एमालेले चुनाव कात्तिकमा सार्न प्रस्ताव गरेको बताएका थिए । चुनाव सारिए सरकारमा आउने एमालेले प्रस्ताव राखेको पुनले बताएका थिए ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको