कुलमानको घोषणाः देशभर विहान-बेलुकीको लोडसेडिङ हट्यो

Kulman-Ghising-768x460२२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले देशभर ‘पिक आवर’को लोडसेडिङ हटेको घोषणा गरेका छन् । उनले अब बिहान र बेलुकीको लोडसेडिङ पूर्ण रुपमा हटेको बताएका हुन् ।

 

मंगलबार पत्रकार सम्मेलन गरेर घिमिङले अब लोडसेडिङबारे चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताए ।

 

साथै अब देशभर पिक आवरमा लोडसेडिङ नहुने बताए । प्राधिकरणले विहान ५ देखि ८ बजे र साँझ ५ देखि साढे ८ बजेस्म्मलाई पिक आवर मानेको छ ।

‘अहिले देशभर कतै पनि पिक आवरमा लोडसेडिङ छैन । हामीले कालिगण्डकीलाई पिक आवरमा पूर्ण क्षमतामा चलाएका छौं’ घिसिङले भने’,’डिमान्डअनुसारको सप्लाइ दिने गरी हामी प्रतिवद्ध भएर लागेका छौं ।’
अहिले प्राधिकरणले पिक आवरमा कुलेखानी पनि चलाइरहेको छ । सँगै धेरै माग हुने समयमा भारतबाट पनि पूर्ण क्षमतामा विजुली आइरहेको छ ।

काठमाडौं, पोखरा र चितवनलाई लोडसेडिङ मुक्त घोषणा गरेको प्राधिकरणले देशका अन्य भागमा भने केही घन्टा विद्युत कटौती गर्दै आएको थियो । अब पिक आवरमा भने देशभर नै लोडसेडिङ नहुने घिसिङले बताए ।

उनले अब उद्योगहरुलाई पनि बढी विजुली दिे विषयमा प्राधिकरण केन्द्रित हुने बताए । अहिले घरेलु ग्राहकलाई भन्दा उद्योगहरुलाई कम विजुली दिइएको छ ।

अब औद्योगिक क्षेत्रमा सप्लाइ बढाउँदै लैजाने घिसिङको भनाइ छ । लोडसेडिङ हटाउने अभियानमा मौसमका कारण पनि केही सहज भएको उनले बताए ।

प्राधिकरण प्रमुख कुलमान घिसिङले अब आफूहरु निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न र काठमाडौंका ट्रान्सर्फमर अपग्रेडिङमा लाग्ने बताएका छन् ।

उनका अनुसार अहिलेका काठमाडौंका ट्रान्सर्फमर ४०० मेगावाट क्षमताका छन्, अब यसलाई अपग्रेड गरेर १००० मेगावाट बनाउने योजना छ ।

कुलमानले भने, ‘मौसम र सिस्टममा खराबी आए भने विजुली जान सक्छ । सिस्टममा खराबी आउने कारण हुनसक्ने समस्यालाई समाधान गर्न नै हामी डिस्ट्रीब्युसन लाइननको सुधारका लागि काम गर्दैछौं । उपभोक्ताले पनि यसका लागि धैर्य गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका