पहिलो पटक हुम्लामा स्याउको मूल्य निर्धारण

हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको मूल्य तोकिएको छ । यसअघि दानाका हिसाबले बिक्री भई रहेको कारण सबैतिर स्याउको मूल्य निर्धारण गर्न दबाब आई रहेको बेला मूल्य तोकिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ ( स्याउ ) का कार्यालय प्रमुख विष्णु बहादुर मग्रातीले उपभोक्ता माग अनुसार पहिलो पटक जिल्लामा स्याउको मूल्य निर्धारण गरिएको बताउनुभयो । मङ्गलबार बसेको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ किसानको उपस्थितिमा मूल्य निर्धारण गरेको हो ।

बैठकमा समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल लगायत स्याउ उत्पादन गर्ने किसानको उपस्थितिमा यो मूल्य निर्धारण गरिएको हो । उहाँले अब जिल्लामा स्याउको मूल्य प्रतिकेजी चालीस रुपियाँ तोकिएको बताउनुभयो ।

यसअघि हुम्लामा दानाका हिसाबले स्याउ बिक्री हुने गरेको थियो । गाउँमा प्रतिदाना पाँच रुपियाँ भए पनि सदरमुकाम सिमकोट भने प्रतिदाना दश रुपियाँमा स्याउ बिक्री हुने गरेको थियो । यो मूल्य सिजन र बेसिजन पनि उस्तै हुने गरेको थियो । यसका लागि छ दानासम्म प्रतिकेजीमा जाने भए ए ग्रेड र छ भन्दा बढी दाना प्रतिकेजीमा गए बि ग्रेड निर्धारण गरिएको छ । यो मूल्य सदरमुकाम सिमकोटका लागि लागु गरिएको हो । सिमकोट बाहिर भने स्थानीय ढुवानी घटाएर मूल्य निर्धारण हुनेछ । उहाँले दानामा स्याउ बिक्री हुँदा उपभोक्ताबाट केजीमा स्याउ बिक्री गर्नुपर्ने र त्यसको मूल्य निर्धारण गर्नुपर्ने माग रहेकोमा अहिले त्यो माग पुरा भएको बताउनुभयो ।

डेढ सय बोटमा स्याउ फलाउँदै आउनु भएका सिमकोट गाउँपालिका– २ का किसान गोरासिंह बोहराले स्याउको मूल्य तोकिएपछि स्याउ किसान र उपभोक्तालाई सहज भएको बताउनुभयो । उहाँले यसअघि दानामा बिक्री गर्दा उपभोक्तासँग मोलमोलाइ गर्नुपर्ने अवस्था रहेको र अब त्यो अन्त्य भएको बताउनुभयो । हाल निर्धारण गरिएको स्याउको मूल्यमा किसानहरू सन्तुष्ट रहेको बताउँदै उहाँले बजारको व्यवस्था हुनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ