अपराधी पहुँच र दवावमा उम्कने प्रवृत्तिका विरुद्ध जिफन्टद्धारा ध्यानाकर्षण

५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले जहिले पनि हिंसा र विभेदबाट पीडित हुनु परेकोले प्रचलित कानुन बमोजिम अपराधी पहँुच र दवावमा परी उम्किने प्रवृत्तिका विरुद्ध स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । सुर्खेत जिल्ला, चौकुने गाउँपालिका वडा नं. १ बडासैन स्थित श्री सुदर्शन प्राथमिक विद्यालय हाताभित्र २०८० भदौ ३१ गते श्रमिक महिलामा माथि घटेको घटना एक जघन्य सामाजिक र शैक्षिक अपराध भएको ठहर गर्दै जिफन्टले जिल्ला प्रशासन कार्यालयमा पुगी ध्यानाकर्षण गराएको हो ।
विद्यालयकी प्रअ हिरा भण्डारीमाथि स्थानीय छवी सावँदले मदिरासेवन गरी दिनदहाडै विद्यालय हातात्रभित्र प्रवेश गरी घरेलु हतियार प्रयोग हुनु निन्दनीय भएकोले घटनाको घोर भत्र्सना गर्दै कडा कार्वाही गर्न माग समेत गरेको छ । महिला कमिटी अध्यक्ष धर्मा सुवेदीद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले श्रमिक महिलामाथि हुने महिला हिंसा र सामाजिक अपराध गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याई अपराध बमोजिम कार्वाही हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध