नेपाली सेना निर्माणतिर

Nepali-army-making-roadगोरखा–नेपाली सेनाले बेनिघाट–आरुघाट हुँदै तिब्बतको सिमाना लार्केभञ्याङ जोड्ने सडकको नयाँ ट्र्याक खोल्ने काम सुरु गरेको छ । थुमी गाउँको अर्मलामा शिविर स्थापना गरी सेनाले सडक निर्माणको काम गरेको हो । पचहत्तर जना सेनाको टोली सडक निर्माणमा खटिएको छ ।
सेनाका इन्जिनियर निशान्त पण्डितका अनुसार हावाडाँडादेखि लापु भिरसम्म रहेको चट्टान फुटाउन बम ब्लास्टका लागि प्वाल बनाउने काम भइरहेको छ । सेनाले हावाडाँडादेखि उहियाको तातोपानीसम्म १६ किलोमिटर सडक निर्माणका लागि अध्ययनसमेत गरिसकेको जनाएको छ ।

धादिङको बेनीघाटदेखि लार्केभञ्याङसम्मको सडक करिब एक सय ८३ किमी दूरीमध्ये सेनाले आरुघाट–लार्केभञ्याङ खण्ड करिब एक सय २१ किमी सडकको नयाँ ट्र्याक खोल्ने काम गर्दैछन् । बेनीघाट–हावाडाँडा खण्ड ६२ किमी सडक सडक विभागले निर्माण गरेको थियो ।

हावाडाँडादेखि लापुभिर हुँदै नयाँ ट्र्याक खोल्न रु दुई करोड ५० लाख रुपैँयाँ बजेट निकासा भएको छ । माछाखोलामा अर्को शिविर राखेर केही दिनपछि उक्त खण्डमा नयाँ ट्र्याक खोल्ने काम पनि सुरु गर्ने इन्जिनियर पण्डितले बताउनुभयो । सडक निर्माण हुने स्थल मनास्लु पदमार्ग रहेकाले पदमार्गको विकल्पमा अर्को बाटो खोल्ने तयारी पनि भइरहेको जनाइएको छ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका