मौसम सुधारसँगै मनाङको यातायात सञ्चालन

मनाङ,  साउन ३० गते ।  हिमाली जिल्ला मनाङ आउने अवरुद्ध एकमात्र सडक चार दिनमा सञ्चालन भएको छ । सोमबारदेखि मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचारु भएको हो  । यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक ९गाइड०, कर्मचारी बीचबाटोमै अलपत्रमा परेका थिए ।

सो सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरेस्थित सडक भासिएको थियो । सडक खुलेसंगै औषधिलगायतका अत्यावश्यक सामग्री लिएर सवारी साधन मनाङ आएको जिल्ला अस्पताल प्रमुख रहमत अन्सारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मौसमले धेरै प्रभाव पार्ने मनाङमा मनसुनको यात्रा सकस हुन्छ । यसले गर्दा सावधानी अपनाउनुपर्ने भए पनि अत्यावश्यक कामले हिँड्न बाध्य हुनुपर्ने उहाँको भनाइ छ । जिल्लाको स्वास्थ्यसँग जोडिएको व्यक्तिले यहाँका स्थानीय तथा पर्यटकलाई औषधिलगायतका सेवा प्रवाहलाई मध्यनजर गर्नुपर्ने उहाँले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय ९एक्याप० मनाङका प्रमुख लेखनाथ गौतमले जोखिमकै बेलामा पनि दैनिक १४–१५ जनासम्म पर्यटक आउने गरेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्तरिकजस्ता हुँदैनन्, विदेशी पर्यटक जोखिमलाई आत्मसाथ गर्ने भएकाले पहिराको जोखिम पार गर्दै पर्यटक आउने क्रम जारी रहेको छ ।” अब सिजन पनि सुरु हुने अवस्था भएकाले यहाँ पर्यटक आउन थालेको उहाँले बताउनुभयो ।

डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सब–इन्जिनियर सुमन अधिकारीले काम गर्न सहज हुनासाथ अवरुद्ध सडक खुलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस सडकमार्फत यात्रा त अझै पनि जोखिम छ, तर हालका लागि सडक सञ्चालनमा ल्याएका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्