August 12, 2023

सबै कमिटीलाई कात्तिकसम्म लेखा परीक्षण गराउन एमालेको निर्देशन

 श्रावण २७ ,काठमाडौँ- नेकपा (एमाले) ले पार्टीका सबै कमिटीलाई अनिवार्य लेखा परीक्षण गराउन निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय लेखा आयोगले पार्टी मातहतका सबै कमिटीलाई आर्थिक वर्ष २०७९/८० सम्मको लेखा परीक्षण आयोगमार्फत आगामी कात्तिक मसान्तसम्ममा अनिवार्यरूपमा गराउन निर्देशन दिएको आयोगका अध्यक्ष डा पुष्प कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी कमिटीले आर्थिक हिसाबको लेखा व्यवस्थित गराई वित्तीय विवरण तयार गरी कमिटीबाट पारित र आयोगमार्फत अनिवार्यरूपमा लेखापरीक्षण गराउन निर्देशन दिइएको छ ।

प्रदेश तहका कमिटीको लेखापरीक्षण सम्पन्न गरी प्रदेश अधिवेशनमा आयोगको तर्फबाट प्रतिवेदन पेश गर्न र जनसङ्गठनले अनिवार्यरूपमा लेखा आयोगले निर्धारण गरेको ढाँचामा लेखा राख्न भनिएको छ ।

आयोगले पार्टी स्कुल विभागसँग आवश्यक समन्वय गरी प्रदेश तहमा लेखा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने, पार्टीको स्थिर सम्पत्तिको अभिलेख तयार गर्ने, यसै आवदेखि लेखा व्यवस्थापनका सन्दर्भमा पार्टी कमिटीको मूल्याङ्कन गर्ने निर्देशन दिएको छ ।

पार्टीले उत्कृष्ट आर्थिक कारोवार र लेखा व्यवस्थापन गर्ने जिल्ला-प्रदेश घोषणा गर्ने आयोगका अध्यक्ष डा कडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्