April 2, 2017

म्यादी प्रहरी छनौछ : तालिममै गयो तीनजनाको ज्यान

काठमाडौं, २० चैत । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ । बाँके, मोरङ र खोटाङमा गरी तीनजनाको मृत्यु भएको हो ।

नेपालगन्जमा म्यादी प्रहरी छनोटका क्रममा दौड परीक्षा दिएका बाँके बैजापुर–१ का २९ वर्षीय टोलबहादुर थारुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकप्रसाद राईका अनुसार, शनिबार दिउँसो लिइएको दौड परीक्षा पूरा गरेको केही समयमा थारुको मृत्यु भएको हो ।

दौड पूरा गरेपछि रिंगटा लागेर उनी ढलेका थिए । त्यसक्रममा मुखबाट फिँज आएपछि उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल पुर्‍याएको केही क्षणमै उनको मृत्यु भएको थियो ।

यसैगरी, म्यादी प्रहरीमा छनोटमा पर्न दौडने क्रममा बेहोस भएर ढलेका खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका २४ वर्षीय किशोरकुमार निरौलाको पनि शनिबार साँझ मृत्यु भएको छ । दिक्तेलस्थित हस्पिटलचोकबाट हल्छेढुंगासम्म दौडने क्रममा बीच बाटोमा ढलेका निरौलालाई उपचारका लागि जिल्ला अस्पताल खोटाङ पुर्‍याइएको थियो । राससका अनुसार अस्पतालमा उपचार हुँदाहुँदै करिब दुई घन्टापछि उनको मृत्यु भएको हो ।

यस्तै, विराटनगर–१६ का तुलसी राजवंशीको पनि दौडने क्रममा लडेर मृत्यु भएको प्रहरी नायव महानिरीक्षक रमेश भट्टराईले जनाकारी दिए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका