जेठदेखि संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने

  २०८० बैशाख २४,काठमाडौं । प्रतिनिधिसभा सदस्‍यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न–उत्तर गरिने भएको छ।आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था समितिको बैठकमा जेठ पहिलो साता प्रधानमन्त्री प्रचण्डसँग प्रश्न–उत्तर गर्ने समझदारी भएको हो।

कानुन मन्त्री धनराज गुरूङसँग र मुख्य सचेतकहरूसँग छलफल गरी मिति तय गर्न लागेको हो।यस्तै कार्यव्यवस्था समितिको बैठकमा नेकपा एमालेका मुख्य सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिन आएको दिनबाहेक अरू दिन संसदमा उपस्थित नभएको टिप्पणी गरे।

‘प्रधानमन्त्रीज्यू विश्वासको मत दिने दिन बाहेक अरू दिन आउनुभएको छैन,’ उनले भने।यसक्रममा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। सांसदहरू सरकार बनाउनमा भुलेको पनि उनले बताए।  ‘सरकार बनाउने थलो जस्तो मात्रै भयो। संसद प्रभावकारी बनाउनुपर्‍यो। सरकारले संसदमा उठेका विषयमा जवाफ दिनुपर्‍यो,’ उनले भने। आइतबार अपराह्न ४ बजेदेखि बजेट अधिवेशन सुरू हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको