आजका पत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु

Nayapatrika-2-768x1152१९ चैत, काठमाडौं । सरकार र मधेसी मोर्चाबीच सीमांकन हटाएर संविधान संशोधन गर्न सैद्धान्तिक सहमति बनेको खबरलाई आजका दैनिक पत्र-पत्रिकाले प्राथमिकता दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रदेश नं २ को निर्वाचन सार्न गरेको प्रस्तावले सबै पत्रिकामा प्राथमिकता पाएको छ । आजको गोरखापत्र दैनिकले सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच पाँच विषयमा सहमति जुटेको बताएको छ ।

 

गोरखापत्रले सीमांकनको विवाद संघीय आयोगमार्फत र बाँकी विषय संविधान संशोधनमार्फत टुंगो लगाउने गरी सरकार र मधेसी मोर्चाबीच सैद्धान्तिक सहमति जुटेको लेखेको छ । गोरखापत्रले चुनावमा संवेदनशील बन्न प्रमुख निर्वाचन आयुक्तले सुरक्षा निकायका प्रमुखहरुलाई दिएको निर्देशन, स्थानीय तहको बजेटमा भएको बृद्धिलाई पहिलो पृष्ठमा छापेको छ ।

नयाँ पत्रिका दैनिकले अहिलेसम्म भएका स्थानीय निकाय निर्वाचनहरुको जानकारी पस्केको छ । अन्नपूर्ण पोस्ट दैनिकले मधेसी मोर्चासँग प्रधानमन्त्रीले दुई दिन मागेकोदेखि चुनावबारे राष्ट्रपतिले राखेको चासोलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।

नागरिक दैनिकले मुसहर बस्तीको अत्यासलाग्दो जीवनको पाटो उत्खनन् गरेको छ । वीर अस्पतालमा ६ करोडको कमिसनको खेल भएको भन्दै गरिब जनताले उपचार गर्ने अस्पतालको विकार पक्ष उजागर गरेको छ । वीर अस्पतालमा रेडियो थेरापी मेसिन खरिदमा कमिसनको खेल भएकोलगायत समाचार पत्रपत्रिकाको पहिलो पृष्ठमा अटाएका छन् ।

राजधानी दैनिकले सीमांकन हटाएर संशोधन, केरुङ आइपुग्यो मतपेटिकालगायत शीर्षकमा खबर लेखेको छ ।

आजको कान्तिपुर दैनिकले हुनै लागेको समझदारी टाढिएको बताएको छ । त्यसैगरी फरक रक्त समूहबीच मृर्गौला प्रत्यारोपण हुने खबरलाई प्रमुखताका साथ छापेको छ । मधेसमा निर्वाचनको माहोल बन्दै गएको भन्दै उसले ‘जुटिसके मधेसका कार्यकर्ता’ शीर्षकमा पहिलो पृष्ठमा अर्को खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका