मधेसीलाई गाली गर्दैमा एमाले राष्ट्रवादी पार्टी हुँदैनः देउवा

Sherbahadur-Deuba_1-450x350१९ चैत, विराटनगर । नेपाली कांगे्रसका सभापति शेरवहादुर देउवाले मधेसी जनतालाई गाली गर्दैमा एमाले पार्टी राष्ट्रवादी पार्टी हुन नसक्ने बताएका छन् । एमालेले विना कारण मधेसी र पहाडीबीच मतभेद सृजना गरेर दलहरुबीच अविश्वासको वातावरण बनाएको उनको आरोप छ ।

 

कांग्रेस मोरङको सातौं जिल्ला सम्मेलनलाई बिराटनगरमा सम्वोधन गर्दै सभापति देउवाले भने, ‘एमालेकै कारण नै दलहरुवीच अविश्वासको दुरी वढेको छ ।’

उनले अघि भने, यही कारण मुलुक गम्भीर संकटमा फस्न लागेको छ ।

उनले मधेसी जनतालाई गाली गर्दैमा एमाले राष्ट्रवादी पार्टी हुन नसक्ने वताए । सवैलाई मिलाएर लाने पार्टी मात्र राष्ट्रवादी पार्टी हुने भन्दै पूर्व प्रधानमन्त्री देउवाले भने, ‘वर्षौदेखि मिलेर वसेको समाजलाई खलबल्याउने एमाले पार्टी हो । यो कुनैपनि हालतमा राष्ट्रवादी पार्टी हुन सक्दैन ।’

एमालेप्रति आक्रामक रुपमा प्रस्तु भएका देउवाले भने, मधेसका जनतालाई नै अविश्वास नगर्ने एमाले कसरी राष्ट्रवादी पार्टी हुनसक्छ ?

एमालेले राष्ट्रवादीको नाममा देशलाई विखण्डनतर्फ धकेल्न खोजेको देउवाको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका