काठमाडौं, १८ चैत । नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभसिंह पुरीको गोप्य योजनाको खुलासा भएको छ ।
नेपाल आएर कार्यभार सम्हालेको एक हप्ता नवित्दै उनलाई भारतले महत्वपूर्ण ‘मिसन’ पूरा गर्न खटाएको पोख खुलेको हो । त्यो मिसन हो- हिन्दू राष्ट्र ।
भारतीय प्रोफेसर एवं नेपाल मामिलाका जानकार डा. एस डी मुनीले नेपालका लागि नवनियुक्त भारतीय राजदूत पुरीले हिन्दू राष्ट्र पुनः स्थापना गर्नेबारे नेपालमा खुलेरै लबिङ गरिरहेको खुलासा गरेका हुन् ।
सामाजिक सञ्जाल ट्वीटर उनले लेखेका छन्– ‘भारतीय राजदूत पुरीले नेपालमा हिन्दू राष्ट्रको वकालत गरिरहेको रिपोर्ट आएको छ । त्यो भारत र नेपालको संविधान विपरित छ । यो विजेपीको लाइन हो, भारतको होइन् ।’
पुरीले मंगलबार राप्रपा अध्यक्ष रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापासँग भेट गरेर हिन्दू राज्य र राजसंस्थाका बारेमा गम्भिर चासो राखेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षमा रहेको सन्देश उनले थापालाई सुनाएका थिए ।
यसअघि पुरीले नेपाल सरकारले आफै बनाउने निर्णय गरिसकेको फास्ट ट्रयाक परियोजना बनाउन अझै भारत इच्छुक रहेको र त्यसमा आफ्नो उपस्थिती खोजिरहेको बताएका थिए ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक
वसन्त आचार्य २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि