March 31, 2017

प्रहरी स्कुलमा विद्यार्थीको रहस्यमय मृत्यु : आफन्तले लगाए हत्याको आरोप

चैत १८,काठमाडौं – रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ। मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्महत्या भएको दाबी गरेको छ।

उक्त स्कुलमा आठ कक्षामा अध्ययनरत १४ वर्षीय कुन्दन थापालाई मृत्यु अवस्थामा उनका आफन्तले प्रहरी अस्पतालमा भेटेका थिए। स्कुल व्‍यवस्थापनले तत्काल प्रहरी अस्पताल आउनु भनी खबर गरेपछि मृतकका आफन्तले त्यहाँ पुग्दा कुन्दन मृत अवस्थामा भेटिएको खबर आजको अन्न्पूर्ण पोस्टमा छ ।

स्कुल व्यवस्थापनका अनुसार कुन्दनविरुद्ध उनी अध्ययनरत कक्षाकै एक छात्राबाट ‘कम्प्लेन’ आएपछि वार्डेन शर्मिला गुरुङले बुधबार यस विषयमा छलफल गर्न कुन्दनकी आमालाई फोन गरेकी थिइन्। तर कुन्दन आमाको फोन लिएर बाहिर हिँडेकाले शर्मिलाको फोन कुन्दनले नै उठाएका थिए। त्यसपछि कुन्दन आफै प्रहरी स्कुल पुगेका थिए जहाँ कम्प्लेन गर्ने छात्रा र उनका अभिभावक पनि उपस्थित थिए।

तर केही छिनको कुराकानीपछि अभिभावक बोलाएर ल्याउँछु भन्दै फर्किएका कुन्दन एक्कासी हाम फालेको विद्यालय व्यवस्थापनले जनाएको छ। ‘इन्स्पेक्टर शर्मिलाले दुवै पक्षका अभिभावकलाई बोलाएर कुराकानी गराउन खोज्नु भएको रहेछ।

कुन्दनले फोन उठाएकाले उनी आफै आएकाले पछि उनलाई अभिभावक बोलाएर ल्याउन भनिएको रहेछ। तर त्यहाँबाट फर्कने क्रममा एक्कासी हाम फालेको रिपोर्ट हामीलाई छ’, महानगर प्रहरी प्रमुख डीआईजी बम बहादुर भन्डारीले अन्‍नपूर्णसँग भने। मृतकका आफन्तले भने विदाको दिनमा समेत बोलाइनु, तेस्रो फ्लोरमा रगत भेटिनु शंकास्पद भन्दै हत्याको आरोप लगाएका छन्।

विदाको दिनमा विधाथीलाई मात्र किन बोलाईयो । अनि हाम फालेको मान्छेको रगतको टाटा कसरी तेस्रो फ्लोरमा भेटिन्छ। कुटेपछि तेस्रो फ्लोरबाट झारिएको हाम्रो आशंका छ’, मृत्यकका आफन्त सजिता रानाले भनिन्। कुन्दन कक्षा आठको परिक्षा दिएर बसेका थिए। उनी सजिताकै घरमा खाना खान भन्दै आमाको फोन लिएर दिउँसो निस्किएका थिए।

‘हाम्रोमा खाना खाएर केही बेरमा फर्किन्छु भन्दै निस्किएको भाईलाई अस्पतालमा मृत्य अवस्थामा भेटियो’, सजिताले भनिन्। कुन्दनले आफ्नै कक्षामा अध्ययनरत छात्राको नाममा फेक फेसबुक आईडी खोलेर अश्लिल सामग्री अपलोड गरेको आरोप लागेको थियो। ती छात्राका बुवा पुर्व प्रहरी कर्मचारी भएको जनाईएको छ।

घटनाको अनुसन्धानका लागि महानगर प्रहरीले महानगरिय अपराध महाशाखाको एसपी श्याम ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यिय छानबिन समिती गठन गरेको छ। समितीलाई सात दिनको समय दिईएको छ। समितीमा काठमाडौं प्रहरी परिसरका डीएसपी रिद्धिबिक्रम शाह लगायत दुई इन्स्पेक्टर र एकजना सई पनि छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका