निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा मतदान केन्द्र तोक्न सकेन

election-commission-nepal-768x460१६ चैत, काठमाडौं । निर्वाचन आयोगले दुई नम्बर प्रदेशका जिल्लाहरुमा अहिलेसम्म मतदान केन्द्र तोक्न नसकेको जनाएको छ । तराई मधेस आन्दोलनबाट प्रभावित दुई नम्बर प्रदेशका ८ जिल्लामा मतदान केन्द्र तोक्न नसकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

आगामी निर्वाचनका लागि मतदान केन्द्र नतोक्दासम्म मतदाता परिचय पत्रलाई अन्तिम टुंगो लगाउन नमिल्ने र मतदाता नामावलीको टुंगो नलाग्दासम्म मतदाता परिचय पत्र छपाउन नमिल्ने आयोग पदाधिकारीहरु बताउँछन् ।

आयोगले चैत २० गतेसम्म मतदान केन्द्र टुंग्याएर मतदाता नामावली समेत टुंग्याउने लक्ष्य लिएको छ । आगामी चैत २० गतेसम्म पनि मतदान केन्द्र टुंग्याउन नसके आयोगले थप निर्णय लिने प्रवक्ता शर्माले अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई राजनीतिक सहमतिको बातावरण बनाउन भनिरहेका छौँ, आगामी १९ गतेसम्म पनि केही प्रगति भएन भने आयोगले छुट्टै निर्णय गर्नुपर्ने हुन्छ ।’

यस्तै दुई नम्बर प्रदेशमा निर्वाचन आयोगले समेत काम गर्न नसकेको आयोगका एक आयुक्तले बताएका छन् । केही जिल्लामा आयोगको कार्यालय खोलेपनि काम गर्न नसकेको र केही जिल्लामा कार्यालय सञ्चालन नै गर्न नसकेको ति आयुक्तले बताए ।

संविधान संशोधन नगरेसम्म स्थानीय तहको चुनाव हुन नदिने मधेसी मोर्चाले चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका