आचारसंहिता उल्लंघन गरेको भन्दै एमाले नेताहरु आयोग पुगे

Election-commissionकाठमाडौँ, चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको घटनाप्रति आज निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।

पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव र अन्य आयुक्तसमक्ष आचारसंहिता उल्लङ्घन भएका घटनाहरु बारे जानकारी गराउँदै त्यस विषयमा छलफलसमेत गरेको हो ।

निर्वाचनको मिति घोषणा र आचारसंहितासमेत लागू भइसकेको अवस्थामा गृहमन्त्री नेपाली सेनाको हेलिकोप्टर चढेर राज्यका तर्फबाट चेक हस्तान्तरण गर्ने र त्यसै सिलसिलामा नेपाली काँग्रेसको कार्यक्रममा सहभागी हुने कार्यले आचारसंहिताको पालना भयो की भएन भनी एमालेका तर्फबाट प्रश्न गरिएको थियो । सो पार्टीले बजेट कल्पना गर्न नसकिने ढङ्गबाट रकमान्तर भएको र नयाँनयाँ योजनामा बजेट रकमान्तर भएको बारे पनि गम्भीरतापूर्वक अध्ययन गर्न आयोगलाई ध्यानाकर्षण गराएको नेता नेम्बाङले जानकारी दिए ।

म्यादी प्रहरीको भर्नाको वस्तुनिष्ट र पारदर्शीताको आधार स्पष्ट हुन जरुरी रहेको बताउँदै एमालेले यस विषयमा निरन्तर अनुगमन गर्न तथा मतदान केन्द्रसमेत सर्वदलीय सहमतिका आधारमा मात्र तोक्न आयोगलाई भनेको छ ।

टोलीमा प्रमुख सचेतक भानुभक्त ढकाल, पूर्वमन्त्रीद्वय राजेन्द्र पाण्डे र अग्नि खरेल तथा सांसद डा राजन भट्टराई सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका