जिफन्ट निकट यातायात मजदुर संघ टेम्पो ईकाई ललितपुर गठन


पिपुल नेपाल संवाददाता,ललितपुर,२७ साउन।
नेपाल ट्रेडयुनियन महासंघ(जिफन्ट) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुरमा सञ्चालित टेम्पो चालकहरुको भेला सप्पन्न भएको छ।
श्रावण २६ गते भएको भेलाले रामबहादुर रसाइलीको अध्यक्षतामा ११ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर टेम्पो ईकाई कमिटी गठन गरेको छ ।
नवनिर्वाचित कमिटीको उपाध्यक्ष नविन बस्नेत,सचिव रामेश्वर महर्जन,कोषाध्यक्ष तुलसीराम महर्जन र सदस्यहरुमा सानुराम डंगोल, रोशन लामा, चन्द्रप्रसाद भट्टराई, शेरबहादुर तामाङ, पासाङ शेर्पा र सन्तबहादुर नेशु रहेका छन् ।
कमिटीको ईन्चार्जका रुपमा किरण महर्जनलाई तोकिएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुरकुमार श्रेष्ठ, संगठनका उपाध्यक्ष नवराज घिमिरे, महासचिव केशवबहादुर थापा (निरु) बागमती प्रदेश अध्यक्ष अजय श्रेष्ठ र सचिव प्रकाश बस्नेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका