घर निर्माण वा खरिद गर्दै हुनुहुन्छ ? वास्तुशास्त्र अनुसार यस्तो हुनुपर्छ

model-home-768x561काठमाण्डौ चैत १५ – घर, जीवनभरको भरपर्दो र सुरक्षित आश्रयस्थल । घर बनाउनका लागि बर्षौ मिहेनत गर्छाैं । घर कस्तो बनाउने, रंग कस्तो लगाउने, कस्तो सजावट दिने इत्यादि कुरामा निकै ख्याल राख्छौं । कतिले घर निर्माणअघि वास्तुशास्त्र अनुसार जग्गा कस्तो छ, घरको मोहोडा कुन दिशामा फर्काउनुपर्छ, झ्याल ढोका कस्तो राख्नुपर्छ भन्ने कुराको अध्ययन गर्छन् ।

किन वास्तुशास्त्र ?

आफुलाई आधुनिक युगको पुस्ता ठान्ने हामीलाई वास्तुशास्त्र वाहियत जस्तो लाग्छ । यसलाई कतिले आडम्बर र अन्धविश्वास पनि ठान्छन् ।

तर, यो एक प्राचिन विज्ञान हो । वास्तुशास्त्रले निर्देश गरेको कुरा विज्ञानसंगत हुने गर्छ । हुनपनि घर निर्माणअघि भू धरातलदेखि हावाको वहकावसम्मको ख्याल गर्न सक्यो भने त्यसले प्रत्यक्ष फाइदा गर्छ ।

वास्तुशास्त्रमा आवासीय भवन निर्माण गर्दा कोठको दिशा र कोणहरुबारे सविस्तार उल्लेख गरेको छ ।

प्रवेशद्वार कहाँ हुनुपर्छ ?

घरको मूख्य प्रवेशद्वार वास्तुको हिसावले विशेष मानिन्छ । किनभने यसैले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने हो । यदि घरको मूख्य ढोका सहि दिशामा छ भने त्यसले सुख, समृद्धि कायम राख्ने विश्वास गरिन्छ ।

प्रमूख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो र ठूलो हुनुपर्छ । ढोका राम्रोसँग खुल्ने र आवाज नआउने हुनुपर्छ । घरको कुनैपनि ढोका धरातलभन्दा तल हुनु हुँदैन ।

– घरमुलीको कोठा दक्षिण-पश्चिम दिशामा हुनुपर्छ । यदि त्यस दिशामा सम्भव भएन भने उत्तर-पश्चिम दिशा दोस्रो सर्बश्रेष्ठ विकल्प हो ।

– उत्तर-पूर्वमा कुनैपनि बेडरुम हुनु राम्रो मानिदैन ।

– शौचालय एवं स्नानघर दक्षिण-पश्चिम दिशामा हुनु सर्वश्रेष्ठ मानिन्छ ।

– घरको सीढी प्रवेशद्वारको सामुन्नेमा हुनुपर्छ । र, सिढीको संयख विषम २१, २३, २५ हुनुपर्छ ।

– घरको अधिकांश ढोका र झ्याल उत्तर-पूर्वी दिशामा खुल्नुपर्छ ।

– दक्षिण पश्चिममा खुल्ने ढोका वास्तुको हिसावले सहि मानिदैन । किनभने यस दिशामा नकारात्मक उर्जा प्रवाह हुन्छ, जसले संघर्ष र दुर्भाग्य ल्याउँछ ।

– दक्षिण-पूर्वी दिशामा खुल्ने ढोकाले पनि घरमा दुख, क्रोध निम्त्याउँछ ।

– जुन घरको ढोका दक्षिणतर्फ खुल्छ, त्यसमा राम्रो उर्जा प्रवाह हुन

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान