वासिङटन, १४ चैत– रसियालीसँगको सम्बन्धका कारण डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति पदबाट हट्न सक्ने संभावना बढेको छ । अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सीका नुसार ट्रम्पविरुद्ध ‘रसियालीलाई समर्थन गरेको’ भन्ने मुद्दा चलेकाले उनी राष्ट्रपति पदबाट हट्ने संभावना बढेको हो ।
अमेरिकी राष्ट्रपति निर्वाचनको समयमा ट्रम्प रसियासँग मिलेको भन्ने आरोप लागेको छ । नेशनल सेक्युरिटी एजेन्सीका प्रमुख जोन शिडंलरका अनुसार ट्रम्पको यस गतिविधीमा अनुसन्धान जारी रहेको छ ।
उक्त मुद्दाको सामना राष्ट्रपति ट्रम्पका सहयोगीहरूले मात्रै नभई उनले आफैँ गर्नुपर्ने छ । जसले उनलाई सडकमा ल्याउन सक्ने नेशनल सेक्युरिटी एजेन्सीका प्रमुख शिडंलरले बताए ।
ट्रम्पले आफ्नो चुनावी प्रचार प्रसारका क्रममा संलग्न समूहहरू र त्यस समयमा रुससँगको सम्बन्धबारे लुकाउन चाहेको तथ्यको अनुसन्धान सुरु भइसकेको छ ।
चुनावी प्रचार प्रसारको क्रममा ट्रम्पको म्यानेजरका रुपमा काम गरेका पर्ल म्यानपोर्ट यस मुद्धाका प्रमुख आरोपी हुन् । उनी यस भन्दा पहिले नै रसियाली राष्ट्रपतिसँग संलग्न भएर काम गरिसकेका समेत खुलेको छ ।
नेशनल सेक्युरिटी एजेन्सी र अमेरिकी गुप्तचर निकायले उनीसँग केन्द्रित भएर अनुसन्धान गरेको छ । ट्रम्प प्रशासन भने उनको बचाउका लागि लागिपरेको तथ्य सार्वजनिक भएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान