भारतीय ‘गुगल ब्वाई’ भन्छन् –प्रत्येक बच्चा मजस्तै हुन सक्छन्

indian-google-boyम पनि अरु बच्चासरह नै हुँ”, ९ वर्षे बालक पण्डितले शनिबार राजधानीमा आयोजित कार्यक्रममा भने, “म कुनै भगवानको बरदान पाएको बालक होईन, तपाईहरुलेपनि गर्न सक्नुहुन्छ यदि तपाईहरुले आफ्नो दिमागको अभ्यास गर्नुभयो भने, तपाईहरुपनि मजस्तै बन्न सक्नुहुनेछ।”

यो उमेरमा उनका साथी सहेलीहरु भने भर्खरै कखगरा र सामान्य गणित सिक्दैछन् तर उनी भने सबैलाई चकित बनाउन सफल भएका छन्। हुन पनि उनले भारतीय प्रायः सबै च्यानलहरुमा अन्र्तवार्ताहरु दिईसकेका छन्।

पण्डित नाईन ओन्डर्स किड्स अफ साउथ एशिया समेत हुन् । उनले अहिलेसम्म चार सय जति उपाधि जितिसेकका छन्। र, उनी कम उमेरमा सबैभन्दा धेरै पुरस्कार जित्ने मानिस पनि हुन्। पण्डित भारतीय च्यानल जि न्यूजका सबैभन्दा कम उमेरका एंकर समेत हुन्।

पण्डितसँग आईक्युबारे खरुची छ । त्यस्तै उनलाई ईतिहास र ज्योतिषशास्त्रबारे पनि उत्तिकै चाख छ। उनले भने,“म भविष्यवाणी बन्न चाहन्छु।” हुन पनि उनले एक पटक पढेको कुरा कहिल्यैपनि बिर्सिदैनन् रे, उनकी आमा सुमिता शर्माले भनिन्। शर्मा थप्छिन्,“यसबारेमा उनको विद्यालयमा समेत एकदमै राम्रो रेकर्ड छ।”
कार्यक्रममा उपस्थित् नेपाल भारत पुस्ताकालयका प्रमुख महेशचन्द्र शर्माले भने,“म उनको अद्भुत क्षमता देखेर निकै प्रभावित छु।” पण्डित नेपालस्थित् पशुपतिनाथ मन्दिरको दर्शन गर्न काठमाडौं आएका हुन्। काठमाडौं बसाईका क्रममा उनले एन.के सिंह मेमोरिय स्कुलको समेत भ्रमण गरे। विद्यालयका विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुलाई समेत उनले आश्चर्यचकित तुल्याए।

पण्डित भारतको हरियाणा राज्यका नागरिक हुन्। उनलाई रत्न हिन्दूस्तान अवार्ड र बाल मनिषीबाट समेत सम्मान गरिएको छ। उनको बारेमा जर्मनी टि.भी. च्यानलले समेत डकुमेन्ट्री निर्माण गरिसकेको छ। उक्त डकुमेन्ट्री एशिया कलिंग च्यानलका विभिन्न ४८ वटा देशहरुबाट प्रशारण भैसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि