काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा क्षयरोगको सङ्क्रमण

काभ्रेपलाञ्चोकमा ४५ प्रतिशतमा क्षयरोगको सङ्क्रमण

 timthumb
 

बनेपा  चैत ११,काभ्रेपलाञ्चोकको ४५ प्रतिशत जनसङ्ख्या क्षयरोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ। क्षयरोग दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलले आज धुलिखेलमा आयोजना गरिएको क्षयरोग सम्बन्धी अन्तक्र्रियामा सङ्क्रमितमध्ये ६० प्रतिशत युवा र वयस्क देखिएको जनाएको छ। आर्थिक वर्ष २०७२÷७३ मा एक सय ५८ जनामा क्षयरोग पत्ता लागेको र ती मध्ये १८ जनामा सर्ने खालको रोग देखिएको छ । जिल्लामा अहिले दुई जना बहुऔषधि प्रतिरोध ९एमडीआर० का बिरामी उपचारका क्रममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयका क्षयरोग तथा कुष्ठरोग शाखाका अधिकृत राजाराम अधिकारीले विगतको तुलनामा यो जिल्लामा क्षयरोगका बिरामीको दर घट्दो अवस्थामा रहेको बताए।  जिल्लाको पाँचखाल, बनेपा, भकुन्डेबँेसी क्षेत्रमा सबैभन्दा बढी क्षयरोगका बिरामी छन्, उनले भने — दुर्गम क्षेत्रका विभिन्न १४ वटा स्वास्थ्य चौकीमार्फत बिरामीको निःशुल्क उपचार भइरहेको छ ।

क्षयरोगका बिरामीलाई पोषणका लागि रु ५०० वितरण गरेको जानकारी दिँदै जिल्लाको १४ वटा स्वास्थ्य चौकीमा खकार परीक्षण गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए।  छाती दुख्नु, साँझपख ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घटनु, खकारमा रगत देखापर्नु, दुई हप्ता वा सो भन्दा बढी लगातार खोकी लाग्नु क्षयरोगको लक्षण मान्निछ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका