काठमाडौं, ११ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अबको दुई वर्षभित्रै भारतलाई बिजुली बेच्ने सामर्थ्य राख्ने गरी काम गरिरहेको बताएका छन् ।
भारतबाट बिजुली किनेर लोडसेडिङ घटाएको आरोपको खण्डन गर्दै उनले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उक्त कुरा बताएका हुन् । ‘अहिले नेपालमा लोडसेडिङ्ग घट्नुको कारण भारतबाट महंगोमा बिजुली ल्याएर हो भन्ने अभिव्यक्ति सुनिएकोले केही कुरा प्रस्ट्याउनु पर्ने देखिन्छ,’ उनले अगाडि लेखेका छन्, ‘अहिले भारतबाट करिब ४८० मेगावाट बिजुली ल्याइएको छ,जसमध्ये केही बिजुली नदीनालाको सन्धि सम्झौताअनुसार निःशुल्क पाइएको छ भने अरुलाई किनेरै ल्याइएको छ ।’
घिसिङले आरोपको खण्डन गर्दै अगाडि लेखेका छन्, ‘सबैलाइ के अपिल गर्न चाहन्छौं भने भारतबाट किनेरै भए पनि बिजुली ल्याउँदा उद्योगधन्दाहरु निरन्तर चलिरहेका छन् साथै जेनेरेटर,सोलार र इन्भर्टरको लागि बाहिरिने अरबौं रुपियाँ समेत जोगिएको छ ।’
घिसिङ अगाडि लेख्छन्, ‘त्यसैले समग्रमा हेर्दा भारतबाट केहि बिजुली ल्याउँदा हाम्रो व्यापार घाटा घटेको देखिन्छ । यद्यपि सधैं भारतबाटै बिजुली ल्याउने योजना भने कदापी होइन ।’ अबको २ बर्षमै भारतलाई बिजुली बेच्ने सामर्थ्य राख्नेगरी काम गरिरहेको बताउँदै उनी भन्छन्, ‘त्यसैले बढी नकारात्मक टिप्पणी गर्नुभन्दा पनि विद्युत प्राधिकरणको अभियानलाई आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुहुन अनुरोध छ ।’
उनले जेठपछि नेपाललाई नै लोडसेडिङमुक्त बनाउने घोषणा गरेका छन् ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
जेठ १,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान