विश्व विजेता जर्मनीले इंग्ल्याण्डलाई हरायो, पोडोस्कीको शानदार विदाई

2451896_w1चैत १० – विश्व विजेता जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डलाई हराएको छ । विश्वकप २०१८ को छनौटको तयारीमा रहेका बेला बुधबार राति भएको खेलमा जर्मनीले इंग्ल्याण्डलाई १–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनी पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । तर ६९ औं मिनेटमा लुकास पोडोस्कीले जर्मनीका लागि विजयी गोल गरे ।_95278164_podolski_rex1

ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्याण्डका जेमी भर्डीले पहिलो हाफमा पेनाल्टीको अपिल गरेका थिए तर पाएनन् । साम एलार्डाइस बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकका रुपमा भएका चार खेलमा अपराजित रहेका साउथगेटले प्रशिक्षकमा नियुक्त भएपछिको पहिलो खेलमा भने इंग्ल्याण्डलाई हारबाट जोगाउन सकेनन् । एडम लल्लाना र डेल अलीले पोस्ट प्रहार गरेका थिए तर गोल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका