March 22, 2017

अखबारका खबरः सरकारको निर्णय सर्वोच्चद्वारा खारेज, सिलवाललाई आईजीपी बनाउन परमादेश

९ चैत, काठमाडौं । डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गर्ने सरकारी निर्णयलाई खारेज गर्दै अर्का डिआईजी नवराज सिलवाललाई आईजीपी बनाउन सर्वोच्च अदालतले परमादेश दिएको समाचारलाई बुधबार प्रकाशित दैनिक अखबारहरुले आवरण पृष्ठमा महत्वका साथ छापेका छन् ।

यससँगै प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिसँग १५ मिनेट भेट्नेलाई महत्व दिएको नयाँ पत्रिका दैनिकले तीन लाखमा बन्ने घरको नमूना सार्वजनिक भएको समाचारलाई प्राथमिकता दिएको छ ।

 

नेपालको जलस्रोत कब्जा गर्ने भारतीय रणनीतिलाई नेपालले अस्वीकार गरेको समाचार र घन्टैपिच्छे हिमालको मौसमबारे जानकारी दिन थालिएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्व दिएको छ ।

‘अझै १३८ कानुन बनाउन बाँकी’ शीर्षकको समाचारलाई प्राथमिकता दिएको राजधानी दैनिकले ‘संसदमा नभएका दललाई स्वतन्त्र हैसियतमा चुनाव चिह्न’लाई एंकर समाचार बनाएको छ ।

कान्तिपुर दैनिकमा मधेसी दलबीच पार्टी भित्र्याउन होड चलेको समाचारले महत्व पाएको छ । सरकार-मोर्चा सहमति नजिक पुगेकोलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले युएन मिसनको परीक्षा रद्द भएको समाचारलाई प्राथमिकता दिएको छ ।

३९ वटा कानुन बनेको र ३७ विधेयक विचाराधीन रहेको समाचारलाई गोरखापत्र दैनिकले महत्व दिएको छ । नेपाल समाचारपत्रले विश्वका अर्बपतिहरुको स्टोरीलाई महत्वका साथ छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका