डीआईजी अर्याल पनि अदालत पुगे

Prakash-Aryal-DIG-768x460७ चैत, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदका लागि सर्वोच्च अदालतमा चलिरहेको विवादमा तेस्रो पात्रको प्रवेश भएको छ ।

डीआईजी जयबहादुर चन्द र नवराज सिलवालको मुद्दाको पूर्ण इजलासमा बहस सकिएकै दिन अर्का डीआईजी प्रकाश अर्यालले रिट दायर गरेका हुन् ।

 

चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णयविरुद्ध अधिवक्ता कपिलदेव ढकाल र डीआईजी सिलवालले दायर गरेको रिटमा प्रधानन्यायाशीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा बहस सकिएको छ । र, भोलि फैसला सुनाउने तय भएको छ ।

तर, त्यही दिन अर्यालले आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै रिट दायर गरेका छन् । उनले आइतबार नै रिट दायर गर्न चाहेका थिए । तर, सर्वोच्च प्रशासनले दिनभर कुराएर पनि दर्ता नगरेको उनको गुनासो छ ।

सोमबार दायर भएको रिटमा चन्द र सिलवालको मात्र कार्यसम्पादन मूल्यांकन झिकाउने सर्वोच्चको आदेशले आफू अन्यायमा परेको अर्यालले जिकिर गरेका छन् ।

साथै उनले चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय बदर गरी आफूलाई आईजीपी बढुवा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न र बढुवा गरी पदस्थापन गर्न सरकारको नाममा परमादेश दिन माग गरेका छन् ।

दोस्रो बरियतामा रहेका डीआईजी अर्यालले रिटको टुंगो नलागेसम्म प्रहरी महानिरीक्षकमा कसैलाई बढुवा नगर्न अन्तरिम आदेशको पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका