March 18, 2017

अखबारमा आज

५ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणदेखि प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चैत १० गतेदेखि गर्ने चीन भ्रमणसम्बन्धी  समाचारलाई शनिबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले महत्वका साथ छापेका छन् ।

यससँगै, ‘छाती र टाउकोमै गोली किन दाग्छन् प्रहरी ?’ शीर्षकमा मुख्य समाचार छापेको नागरिक दैनिकले मधेस आन्दोलनमा दलहरुको स्वार्थका कारण राजनीतिक एजेण्डा ओझेलमा परेको विश्लेषणात्मक समाचारले महत्व पाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एकवर्षे कार्यकालको समीक्षा गर्दै नयाँ पत्रिका  दैनिकले  मुख्य समाचार छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी चैत १० गतेदेखि हुने चीन भ्रमणमा चिनियाँ राष्ट्रपतिसँग भेटघाटको कार्यक्रम तय भएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ हटाएकोलाई प्राथमिकताका साथ छापेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसित ‘दस महिनामै ३ चुनाव होला त ?’ भनेर प्रश्न गरेको समाचारलाई खास महत्व दिएको कान्तिपुर दैनिकले महत्वपूर्ण कानुनहरु अडि्कएको समाचारलाई पनि प्राथमिकता दिएको छ ।

मेची-महाकाली अभियानपछि एमालेले ‘सत्ता संरक्षित फाँसीवाद उदयको संकेत देखेको’ भन्दै राजधानी दैनिकले महत्वका साथ समाचार छापेको छ । त्यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसमा भित्राउने तयारी भएको समाचारले पनि प्राथमिकता पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका