https://youtu.be/WvGJ-H8m0MY
काठमाडौं – चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ ले आफ्नो ११४ औं भागमा लोडसेडिङ विशेष प्रस्तुती दिएको छ । छोटो समयमा चर्चित बनेका हाँस्य श्रृङ्खला ‘भद्रगोल’ लोडसेडिडले मुक्तपछि कस्ता व्यक्तिहरुलाई के कस्ता समस्या र कस्ता व्यक्तिहरु बढि खुशी भएका छन् भन्दै चेतना मूलक कार्यक्रम यस भागमा दिएको छ ।
लोडसेडिड मुक्तसँगै नेपालमा रातीको समयमा हुने चोरीचकारी कमीभएको सन्देश भद्रगोलवाट पाउन सकिन्छ भने एकपक्ष जसरी पनि नेपालमा लोडसेडिङको चाहान भएकाहरु रहेका सन्देश दिन खोजिएको छ । नेपालमा तिहारसँग लोडसेडिङपनि अन्त्य भएको छ । त्यसपछि देशमा भएको समसामयिक विषयको उठान आजको भागमा गरिएको छ ।
यसअघिको होली विशेष भागपछि चर्चित भाग भन्दै नेपालका लागि युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा परेको थियो । होली विशेष भद्रगोल अपलोड भएको पहिलो दिनदेखि टेलिशृङ्खला ट्रेन्डिङमा बसेको थियो । युट्युबमा राखिएका अधिकांश भाग ट्रेन्डिङमा रहँदै आएको छ।
मिडिया हबप्रालिको प्रस्तुती रहेको भद्रगोल सुबास कार्कीको निर्माण तथा परिकल्पना , शंखर आचार्यले निर्देशन गर्दै आएका छन्। सो हास्य कार्यक्रममा कुमार कट्टेल, अर्जुन घिमिरे, कमलामणि नेपाल, रक्षा श्रेष्ठ, रश्मी पाण्डे, सागर लम्साल, हरि निरौलालगायतको मुख्य अभिनय रहेको छ। पछिल्लो समय चर्चित बनेका हाँस्य श्रृङ्खला ‘भद्रगोल’ शुक्रबार बेलुका ८;५० बजे प्रसारण हुँदै आएको छ ।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका