पोखरामा उडिरहेको जहाजमा गिद्द ठोक्कियो

पोखरामा_उडिरहेको_जहाजमा_गिद्द_ठोक्कियो2744काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एअरको ९ एनएआइएन जहाज गिद्दसँग ठोक्किएको छ। जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा एक्कासी गिद्द जहाजमा ठोक्किन आएको हो।

जहाजमा गिद्द ठोक्किँदा दाहिनेभागको पंखा नजिकैको बडीको भाग कुच्चिएको बुद्ध एअरले जनाएको बाराही न्युजले लेखेको छ।

जहाजमा गिद्द ठोक्किए पछि चालकले जहाजलाई विमानस्थलमा अवतरण गराएका थिए। बिमानमा सवार सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा गिद्द तथा चीलको बाक्लो झुण्ड देख्न सकिन्छ। पोखराको दक्षिण भेगबाट बिमान अवतरण गर्ने क्रममा उडान मार्गमा पोखराको ल्याण्डफिलसाइट हुनु र निर्माणधीन अन्तर्राष्ट्रिय बिमानस्थल वरपर मरेका पशुपंक्षी फालिनुले पनि सो क्षेत्र आसपासमा सदा गिद्दको बाक्लो उपस्थिति रहने गर्दा यस्ता खाले दुर्घटनाको सम्भाबना पनि बढेर गएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका