मतदाता शिक्षा ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सुरु

Election-commissionकाठमाडौँ, १ चैत । निर्वाचन आयोगले मतदाता शिक्षा अभियान सञ्चालन गर्ने भएको छ ।

आयोगले स्थानीय तह निर्वाचनका लागि आजबाट सुरु गरेको दुईदिने मतदाता शिक्षा ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपालमा ८० प्रतिशत मतदाता निर्वाचन शिक्षामा अशिक्षित रहेकाले मतदाता शिक्षालाई अभियानकै रुपमा लगिने बताए ।

उनले मतदाता शिक्षालाई उच्च प्राथमिकतामा राखेर हरेक मतदान केन्द्रमा कम्तीमा तीनजना मतदाता शिक्षा कार्यकर्ता वा मतदाता शिक्षा स्वयम्सेवकलाई परिचलान गरिने जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, ‘स्थानीय निर्वाचनमा अनुगमनलाई कडाइ गरिनेछ, दलका लागि मात्र होइन मतदाता शिक्षा कार्यक्रममा खटिएका आयोगका कर्मचारी पनि अनुगमनमा पर्नेछन् ।’

आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचन प्रक्रियामा नयाँ संवैधानिक व्यवस्थाअनुसार स्थानीय निर्वाचन निकै जटिल भएकाले करिब एक करोड ४० लाख मतदातालाई मतदाता शिक्षा दिने कार्य चुनौतीपूर्ण रहेको बताए ।

आयोगका सहसचिव नवराज ढकालले मतदाता शिक्षा कार्यकर्ता र स्वयम्सेवक खटाउँदा सकेसम्म समावेशी हिसाबले खटाइने जानकारी दिए ।

दुई दिनसम्म चल्ने मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ३० जना सहभागी छन् । मुख्य प्रशिक्षकले क्षेत्रमा, क्षेत्रीय प्रशिक्षकले जिल्लामा र जिल्लाका प्रशिक्षकले मतदान केन्द्रलाई लक्षित गरी प्रशिक्षण दिनेछन् ।

कार्यक्तममा आयोगका आयुक्त नरेन्द्र दाहाल, ईश्वरी पौड्याल, सुधीरकुमार शाह तथा आयोगका कर्मचारी र निर्वाचनमा सहयोग गर्दै आएका गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने