March 13, 2017

आजबाट भक्तपुरमा नयाँ स्मार्ट लाइसेन्स वितरण प्रक्रिया सुरु

भक्तपुर, फागुन ३० – यातायात व्यवस्था विभाग भक्तपुर जगाती कार्यालयले सोमबारबाट नयाँ स्मार्ट लाइसेन्स अर्थात सवारी चालक प्रवेशपत्र वितरणको दरखास्त लिन सुरु गरेको छ ।
गएको माघ दुई गतेबाट कार्यालय संचालन गरेर सेवा सुरु गरी सवारी चालक अनुमति पत्रको नवीकरणको काम गर्दै आएको कार्यालयले सोमबारबाट भने स्मार्ट लाइसेन्स वितरणको कार्य सुरु गरेको हो ।
कार्यालय प्रमुख अनोज घिमिरेले भन्नुभयो, ‘सवारी लाइसेन्सका लागि उपयुक्त ट्रायल सेन्टर नपाएपछि नवीकरणको काम मात्रै गर्दै आएका थियौँ, आजबाट दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको नयाँ लाइसेन्स वितरण कार्य सुरु गरेका छौँ ।’
सोमबारबाट नयाँ लाइसेन्सका लागि दरखास्त लिन सुरु गरेको बताउँदै उहाँले आगामी शुक्रबार बिहान ७ बजे आफ्नै कार्यालयमा लिखित परीक्षा संचालन गर्ने शनिबार ट्रायल परीक्षा संचालन गर्ने भएको जानकारी दिनुभएको छ ।
सर्वोच्च अदालतले जनताबाट प्रत्यक्ष कर उठाउन पाउने गरी अन्तरिम आदेश जारी गर्दै निजी ट्रायल सेन्टरमा कार्यालयले ट्रायल लिन नपाउने भएपछि कार्यालयले ट्रायल परीक्षा भने काठमाडौंमा नै संचालन गर्ने भएको छ ।
घिमिरेले भन्नुभयो, ‘तत्कालका लागि यातायात अनुमती पत्रको प्रयोगात्मक अर्थात ट्रायल परीक्षा दुई पाङ्ग्रेको हकमा यातायात व्यबस्था विभागको आफ्नै ट्रायल सेन्टरमा र चार पाङ्ग्रेका लागि नेशनल ट्रेडिङ पुतली सडकको ट्रायल सेन्टरमा ट्रायल दिनेगरी व्यबस्था गरेका छौँ ।’
नयाँ स्मार्ट लाईसेन्स वितरण देशैभरीका नागरिकले सेवा लिन पाउने भएपनि तत्कालका लागि लाईसन्स नवीकरणमा भने काठमाडौं उपत्यकाका नागरिकका लागि मात्र सेवा दिने व्यबस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि