March 10, 2017

राजधानीमा गर्भवती महिला र बच्चा उच्च जोखिममा

thकाठमाडौं  । सुरुवाती दिनमै उपत्यकामा तीनजना बिरामी फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. रमेशकुमार खरेलले जानकारी दिए । गर्मीयाम सुरु नहुँदै उपत्यकामा हेपाटाइटिस ‘ई’ (जन्डिस) का बिरामी देखिन थालेका छन् । 
हेपाटाइटिस ‘ए’ तथा ‘ई’ पानी र खानेकुराबाट सर्ने भएका कारण पछिल्लो समय नेपालमा यसका रोगी देखिन थालेका हुन् । पानी नउमाली प्रयोग गर्ने र केमिकलयुक्त खानेकुराको उपभोगले हेपाटाइटिस ‘ई’को जोखिम बढेको चिकित्सकहरूले बताएका छन् ।

अस्पतालका डा. शेरबहादुर पुनका अनुसार मैतीदेवी र ललितपुरका तीनजनामा हेपाटाइटिस ‘ई’ देखिएको हो । सन् २०११ मा विराटनगरमा एक महिनाको अवधिमा हेपाटाइटिस ‘ई’का कारण १४ जनाको मृत्यु भएपछि यो रोगबारे चासो बढ्न थालेको हो । धेरै अस्पतालले परीक्षण गर्दा सामान्य रूपमा लिइदिने गरेका कारण पनि यसको समस्या बढ्ने गरेको डा. पुनले बताए । ‘बिरामीहरूले सुरुमा उपचार गराउन निजी अस्पताल रोज्ने गरेका छन् । स्वास्थ्य परीक्षणमा निजी अस्पताल तथा नर्सिङ होमहरूले स्पष्टका साथ रोग नभनिदिँदा बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्न पुग्छ । औषधि नपाउने भएका कारण पनि हेपाटाइटिस ‘ई’का बारेमा सचेत बन्नुपर्ने अवस्था छ,’ उनले भने ।

हेपाटाइटिस ‘ई’को उच्च जोखिममा गर्भवती महिला र बच्चा पर्ने गरेको अस्पतालका निर्देशक खरेलले बताए । ‘अरू जन्डिसजस्तो हेपाटाइटिस ‘ई’ होइन । गर्भवती भएका वेला महिलामा हर्मोन परिवर्तन हुने गर्छ । यसले कलेजोमा संक्रमण गर्ने भएकाले आमा र बच्चा दुवैमा बढी खतरा हुन्छ,’ उनले भने ।

हेपाटाइटिस ‘ई’ भएका गर्भवतीमध्ये ३० प्रतिशत मृत्यु हेपाटाइटिस ‘ई’कै कारणले हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । त्यसैले गर्भवती महिलाले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्ने डा. पुन बताउँछन् । ‘हेपाटाइटिसलाई जन्डिस मात्रै भन्ने चलन छ । इपटाइटिस ‘ए’ ‘बी’ ‘सी’ र ‘ई’ छन् । हेपाटाइटिस ‘बी’ र ‘सी’ पानीबाट नभई रगतको माध्यमबाट सर्ने गर्दछ  ।

तर, ‘ए’ र ‘ई’ पानी र खानेकुराको प्रयोगबाट सर्ने गर्छ,’ डा. पुनले भने, ‘कुनै पनि कोणबाट गर्भवती महिलालाई हेपाटाइटिस ‘ई’ हुनुहुँदैन । यदि ‘ई’ भएको अवस्थामा गर्भवतीको पेटमा रहेको बच्चाको मृत्यु हुनुका साथै आमाको समेत मृत्यु हुने सम्भावना धेरै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौँ, असोज ९  गते ।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका