आजको पत्रपत्रिकाहरुमा के के छापिए ?

patrapatrika-bimal-1-1-450x350निर्वाचन स्थगित गर्नु पर्छः मोर्चा, जसरी पनि गर्नु पर्छः एमाले

२६ फागुन, काठमाडौं । सप्तरी घटनापछिको राजनीतिक तरङ्गसँग सम्बन्धित समाचारलाई बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् ।

 

सरकारसँग मधेसी मोर्चाले बैशख ३१ गते तोकिएको स्थानीय निर्वाचन स्थगित गर्नु पर्छ भनेको र एमालेले जसरी पनि तोकिएकै मितिमा निर्वाचन गर्नु पर्छ भनेको समाचारलाई फरक-फरक शीर्षकमा पत्रिकाहरुले छापेका छन् ।2C0A9498

त्यस्तै सरकारले सप्तरी घटनामा मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ राहत दिने र घटनाको छानबिनका लागि न्यायिक छानबिन आयोग गठन गर्ने निर्णय गरेको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

यससँगै नेपालीले एक वर्षमा ८४ अर्ब रुपैयाँ टेलिफोन खर्च गर्नै गरेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले प्राथमिकता दिएको छ । नयाँ पत्रिका दैनिकले स्थानीय तहमा संवैधानिक प्रश्न उब्जिएकोलाई मुख्य समाचार बनाएको छ ।

2C0A9501‘पूर्वसभासद्लाई छुटकारा दिने सहन्यायाधिवक्ता निलम्बित’ शीर्षकको समाचारलाई महत्व दिएको राजधानी दैनिकले बालविवाहको पीडा सम्बन्धी समाचारलाई एकंर बनाएको छ ।

आइएसले काबुलको एक अस्पतालमा आक्रमण गर्दा बिरामीसहित ३० जनाको मृत्यु भएको समाचारलाई कान्तिपुर दैनिकले महत्वका साथ छापेको छ । मधेस बन्दले दुख बढाएको समाचारलाई नागरिक दैनिकले प्राथमिकता दिएको छ । गोरखापत्र दैनिकले चालू अधिवेशन संसदीय इतिहासमै लामो भएको समाचारलाई महत्व दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि