काठमाडौं, फागुन २३— यातायात व्यवस्था विभागले भारतको मद्रास सेकुरिटी प्रिन्टरसँग अर्डर गरेको ५४ हजार नयाँ स्मार्टलाइसेन्स कार्ड आएपछि मात्रै नयाँ कार्ड वितरण गर्ने जनाएको छ । विभागसँग अहिले पाँच हजार कार्ड मात्रै बाँकी भएको र थप कार्ड केही दिनमै काठमाडौं आइपुग्ने विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले नयाँ अर्डर भएका स्मार्टलाइसेन्स भन्सार पास भएर काडमाडौं आउने क्रममा छ । कार्ड अभावकै कारण विभागले कहिले सर्भर डाउन भएको भन्दै स्मार्टलाइसेन्स वितरणमा आलटाल गर्दै आएको थियो ।
नयाँ ५४ हजार स्मार्टकार्ड आउनासाथ उपत्यकाका चार वटै कार्यालयबाट स्मार्टलाइसेन्स वितरण सुरु गर्ने पाण्डेले जानकारी दिए । अब नयाँ लाइसेन्स आउनासाथ उपत्यकावासीले एकान्तकुना, ठूलो भर्याङ, सल्लाघारी र चाबहिलबाट स्मार्टलाइसेन्स पाउनेछन् । तर, उपत्यकाबाहिरका सवारीचालकले भने अझै स्मार्टकार्ड पाउने छैनन् ।
विभागका अनुसार उपत्यकाबाहिरबाट स्र्माटलाइसेन्स वितरण गर्न टेन्डर प्रक्रियामा रहेको दुई लाख ५० हजार कार्ड प्रिन्ट भएर आएपछि वितरण हुनेछ । विभागले २०७२ मंसिर २० गतेबाट पाँच वर्षभित्र देशभरकै सवारीचालकको हातमा स्मार्ट लाइसेन्स पुर्याउने प्रतिबद्धता गरेको थियो । विभागको यो योजना पनि सफल हुन सक्ने अवस्था छैन ।
विभागले स्मार्टलाइसेन्स वितरण गर्दा प्रिन्ट गरेर ल्याएको एक लाख ६० हजार कार्डमध्ये एक लाख ५५ हजार कार्ड वितरण भइसकेको जनाएको छ आजको अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग