March 5, 2017

विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा प्रवेश

IMG_2829फागुन २२ ।  नयाँ शक्ति पार्टीले घरघरमा नयाँ शक्ति अभियानसँगै संचालन गरेको राजनीतिक ध्रुवीकरण अभियान देशव्यापी रुपमा तीव्र बन्दै गएको छ । नयाँ शक्तिले विचार, सिद्धान्त र दृष्टिकोण मिल्ने व्यक्तित्वहरुसँग ध्रुवीकरण जारी राखेको छ । शनिबार जनकपुरमा आयोजित धनुषा जिल्लास्तयीय राजनीतिक धु्रवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा देखिएको उत्साहपूर्ण उपस्थितिले जनस्तरमा नयाँ शक्तिप्रतिको बढ्दो आकर्षणलाई देखाएको छ ।

शनिबार जनकपुरमा पार्टीका संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल सद्भावना पार्टीका जिल्ला नेता मोहम्मद ताहिर हुसेन तथा राष्ट्रिय मधेस समाजवादी पार्टीकी केन्द्रीय सदस्य सबनम खातुनको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा जनक शाह, संगमलाल राउत, नूर मोहम्मद, घनश्याम चौधरी, राजाराम साह, पदम बहादुर श्रेष्ठ, मोहन बहादुर श्रेष्ठ, शर्मिला कुमारी श्रेष्ठ, जित बहादुर माझी, मनोज भट्टराई, कविता श्रेष्ठ, कुन्ता श्रेष्ठ, शुक्र बहादुर बल, युवक माझी, राम प्रसाद गिरी, मिना दाहाल, रेजिता दाहाल, बौवा थोकर, दिपक कुमार यादव, मुकेश कुमार गुप्ता, पंकज साह, मनिष मण्डल, कृष्ण चौधरी, अमरजित द्विवेदी, किसन साह, राहुल कुमार झा, प्रभात साह, गोपाल साह, चन्दन मण्डल, सरिफुल रायन, जाकिर रायन, अलि रायन, विशाल मण्डल, मो. जिलानी रायन, राकेश साह, राजिव यादव, सुमित गुप्ता, साजित रायन, सुजित झा, उमेश साहलगायत सयौं रहेका छन् ।

ध्रुवीकरण सभालाई सम्बोधन गर्दै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नेपालको दक्षिण सीमामा बसोबास गर्ने मधेसी समुदायले नेपालको सीमाको र सभ्यताको रक्षा गरेको हुनाले मधेशी, थारु, आदिवासी जनजाति माथि नेपाल निर्माणकालदेखि गरिंदै आएको विभेदको अन्त्य गरी यो देशलाई इन्द्रधनुषी राज्यको रुपमा परिभाषित गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो ।

संयोजक भट्टराईले नेपाल कुनै एउटा जातिको वर्चस्व भएको एउटा जातिको मात्र राज्य नभई यो सबै आदिवासी, जनजाति, थारु, मधेशीको राज्य भएकोले यसलाई संघीय राज्यको रुपमा पुनःसंरचना गरेर राष्ट्रिय एकता कायम गर्नुपर्ने आवश्यकता महशुस गरेरै संघीय स्वरुपको कल्पना गरिएकोमा जोड दिनुभयो ।

उहाँले संघीयतासम्बन्धी विवाद हल गर्न संविधानसभा अन्तर्गत बनेको राज्य पुनःसंरचना समिति र पुनःसंरचना आयोगले प्रस्तावित गरेको १० प्रदेशको मोडल नै सबैभन्दा वैज्ञानिक रहेको तर्क गर्नुभयो । आफू त्यो मोडेल लागू गर्न संविधानसभामा अन्तिमसम्म पनि लडेको स्मरण गर्दै कतिपय ठूला दलका नेताहरुमा देखिएको जातीय अहंकारवाद र नक्कली राष्ट्रवादका पक्षपोषकहरुका कारण त्यो लागू हुन नसकेको बताउनुभयो ।

सुविचारित रुपमा नयाँ शक्तिलाई चुनाव विरोधी देखाउन खोज्ने प्रवृत्तिप्रति संकेत गर्दै उहाँले भन्नुभयो – ‘हामी लोकतन्त्रवादी हौं । हामी कुनै अर्को आन्दोलन गर्न चाहँदैनौं । चुनावबाट नै राज्यसत्ताको नेतृत्व लिएर देशलाई समृद्ध बनाउने हाम्रो सपना हो । हामी चुनावको विरोधी होइनौं ।’

उहाँले चुनाव गर्नको निम्ति सबैभन्दा पहिले चुनावी वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । ‘संवैधानिक प्रक्रियाभन्दा बाहिर रहेका मधेशी, थारु, आदिवासी, जानजाति सबै संविधानको प्रक्रियामा आउने वातावरण बन्नुपर्छ । संविधान संशोधन गरेर यसका अपूर्णतालाई पूर्ण पार्नुपार्छ’ उहाँले भन्नुभयो –‘अहिले जसरी चुनाव घोषणा गरिएको छ, यो चुनाव गराउनका निम्ति भन्दा पनि जनतालाई ढाँट्न र सत्ता लम्ब्याउनलाई गरिएको घोषणा हो कि भन्ने हाम्रो गम्भीर आशंका हो ।’

चुनाव समाधानमुखी हुनुपर्ने तर्क गर्दै उहाँले भन्नुभयो – ‘चुनाव हुनुपर्छ तर सबैभन्दा पहिले संविधान संशोधन गरेर मेधेशी, थारु, आदिवासी जनजातिहरुको माग पूरा गरिनुपर्छ ।’

संयोजक भट्टराईले देश संघीयतामा गइसकेपछि संविधानले व्यवस्था गरेको संघ, प्रदेश, स्थानीय तहको व्यवस्थापनका लागि संघको मातहत प्रदेश र प्रदेश मातहत स्थानीय तह हुने र चुनाव गरउँदा पहिले संघको चुनाव, प्रदेशको चुनाव र स्थानीय तहको चुनाव गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका सहसंयोजक रामचन्द्र झा, प्रस्तावित २ नं. प्रदेशका संयोजक महेन्द्र पासवान, राकेश विक्रम साह, सबनम खातुन, मो. ताहिर हुसेन लगायतले सम्बोधन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप