रौतहट, २२ फागुन । रौतहट जिल्लाको मध्य भागमा पर्ने गरुडामा एकै दिन मधेसी मोर्चा र नेकपा एमाले को कार्यक्रम हुने भएको छ । एकै दिन कार्यक्रम हुँदा झडप हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । शनिबार गरुडामा बसेको संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाको बिस्तारित बैठकले आउदो २६ गते रौतहट जिल्ला बन्द सहित लाठी जुलुस निकाल्ने निर्णय गरेको हो ।
सोही दिन एमालेको मधेशअभियानअन्तर्गत गरुडामै शिर्ष नेताहरुको सभाको कार्यक्रम आयोजना गरेको छ । स्थानीयले भने सो दिन गरुडामा दुबैले कार्यक्रम गरे झडप हुने आशंका गरेका छन् ।
शनिबार जिल्ला स्थित मधेसी मोर्चाका नेताहरु अनिल सिंह, रेवन्त झा, शेख जम्सेद, राम निवास यादव, ववन सिंह, राजकुमार दास, इनु राययादव लगाएतका नेता सहभागि बैठकले सो दिन जिज्ला बन्द गरेर लाठी जुलुस निकाल्ने निर्णय गरेपछि स्थानीय समेत त्रसित बनेका छन् । एमालेका जिल्ला अध्यक्ष कमल यादवले दुई महिनाअघि एमालेले मेची–महाकाली बृहत् कार्यक्रम निर्धारण गरेको थियो । त्यही क्रममा फागुन २६ गते गरुडामा बृहत् सभाको आयोजना गर्न लागिएको हो । एमालेलाई मधेसमा पस्न नदिन मधेसी मोर्चाको नीति अनुसार यसरी कार्यक्रम जुधाइएको हुन सक्ने उनले बताए ।
कार्यक्रममा एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका वरिष्ठ नेता सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए । मोर्चाका नेता अनिल सिंहले राज्यसत्ता र एमालेको विरोधमा भण्डाफोर गर्ने कार्यक्रम केन्द्रबाटै नै पूर्वनिर्धारित रहेको र त्यही अनुरुप एक दिने मधेस बन्द तथा १६ दिने भण्डाफोर अभियान सञ्चालन गरिएको बताए । प्रजातान्त्रिक पद्धतिअनुसार मोर्चाले कार्यक्रम गर्दै आएको उनले बताए ।
देशका प्रमुख राजनीतिक दलसँग भएको समझदारीका आधारमा नागरिकको सामान अधिकार, मधेस आन्दोलनमा मारिएकालाई सहिद घोषणा, सहिद परिवारलाई क्षतिपूर्ति, घाइतेलाई उपचार खर्च, आन्दोलनकारीमाथि राज्यले लगाएको मुद्दा फिर्ता, जनसंख्याको आधारमा राज्यको निर्वाचनको माग गर्दै मोर्चा संघर्षरत छ । त्यस्तै, स्थानीय तह पुनर्संरचना अवैज्ञानिक र मधेसविरोधी भएको आरोप लगाउदै मोर्चाले एकल शासकीय मनसायले राज्यबाट गरिएका निर्णयको विरोधमा मधेसीले हक अधिकार खोज्नु जायज भएकोले सोको लागि आन्दोलन हुदै आएको जनाएको छ ।
एकै दिन एउटै समयमा मधेसी मोर्चा र एमालेको कार्यक्रममा विगतका घटना दोहोरिन नदिन सबैलाई सरोकारवालाले सचेत गराएका छन् । यसअघि गौरमा एमालेले गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई लक्षित गरी मोर्चाले विरोध गरेको थियो । त्यस क्रममा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच ढुगामुढा र झडप भएको थियो । झडपमा पत्रकार, सुरक्षाकर्मीसहित घाइते भएका थिए । २०६३ चैत ७ गते तत्कालीन माओवादी र मधेसी जनअधिकार फोरम नेपालले गौरमा सभा गर्दा दुवै दलका कार्यकर्ताबीच झडप भएको थियो । झडपको क्रममा दुवै पक्षका ३८ जना मारिएका थिय । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोख्रेलले सो दिनका लागि सुरक्षा सर्तकता बढाएको बताए । स्थानीय व्यापारी धर्मनाथ प्रसाद जैयसवालले एकै ठाउमा मोर्चा र एमालेको कार्यक्रम रहेका कारण स्थानीय व्यापारी समेत त्रसित रहेको बताए । उनले भने एकदिन यसरी कार्यक्रम जुधाउनु राम्रो संकेत हैन् ।
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
वैशाख १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप
चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल (एपिएफ) को
८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग
रुपन्देही १९ , फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने