अब अर्काको नाममा भोट हाल्नेलाई यस्तो कारबाही‘

Election-Commission_nirwach-20022017091249-1000x0-768x422काठमाडौं, फागुन १९ । सरकारले स्थानिय निर्वाचनको घोषणा गरेको छ । जस अनुसार २०७३ वैशाख ३१ गतेका लागि मिति तोकिएको छ । नयाँ संविधान घोषणा पश्चात नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो ।

स्थानीय तहको निर्वाचनको माहोल तातेसँगै यसका विभिन्न प्रावधानहरुको विषयमा पनि चासो बढ्न थालेको छ । यससँगै मतदानको विषयमा फर्जी मतदान गर्नेहरुलाई के कस्तो कारबाही हुन्छ भन्ने विषय पनि चासोका साथ हेर्ने गरिएको छ । आखिर के कारबाही हुन्छ त अर्काको नाममा कोही भोट हाल्नेलाई ?
स्थानीय तहको निर्वाचन सम्बन्धि ऐनको दफा ३५ ले कुनैपनि व्यक्ति अर्काको नाममा मतदान गर्न आएमा उ माथि कस्तो कारबाही हुन्छ भनेर स्पस्ष्ट पारेको छ । सोही दफाको उपदफा १ मा कुनै व्यक्तिले आफ्नो नाम ढाँटी अर्को मतदाताको नाममा मतदान गर्नको लागि मतपत्र लिन आएमा उम्मेदवार वा निजको प्रतिनिधि वा सोही मतदान केन्द्रका मतदाताले एक सय रुपैयाँ धरौटी राखी मतदान अधिकृत समक्ष तोकिए बमोजिम विरोध गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसरी विरोध भएमा मतदान अधिकृतले त्यस सम्बन्धमा आवश्यक कुरा बुझी तत्काल निर्णय गर्नु पर्ने व्यवस्था ऐनले उल्लेख गरेको छ । यसरी पर्न आएको विरोध र त्यसको निर्णय तोकिए बमोजिमको निर्णय किताबमा तुरुन्त जनाउनु पर्नेछ । यसरी गरिएको विरोध ठीक ठहरेमा मतदान अधिकृतले त्यस्तोधरौटी रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेछ र विरोध गलत देखिएमा त्यस्तोधरौटी रकम जफत हुनेछ । यसरी विरोध ठीक ठहरेमा त्यसरी नाम ढाँटी मतदान गर्न आउने व्यक्तिलाई मतदान अधिकृतले निर्वाचन कसूर तथा सजाय सम्बन्धी प्रचलित सङ्घीय कानून बमोजिम जरिबाना गर्न सक्ने बताईएको छ । संघीय कानून अर्थात् निर्वाचन कसूर तथा सजाय सम्बन्धी ऐनले यसरी मतदानमा सहभागी भएको सबूत प्रमाण भेटिए २५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा