भर्ना हुँदा छात्र बढी, परीक्षा दिँदा छात्रा

timthumbकक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ गतेदेखि हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३ विद्यार्थी सहभागी हुँदैछन्। तीमध्ये छात्र २ लाख ३० हजार ८ सय ८० तथा छात्रा २ लाख ३३ हजार ८ सय ६३ छन्। यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौ।

पछिल्लो तीन वर्षयता १० कक्षाको अन्तिम परीक्षा दिनेमा छात्रको तुलनामा छात्राको संख्या बढी छ। ‘सरकारले छात्रामा गरेको लगानीको प्रतिफल देखिन थालेको छ,’ शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले भने।

सरकारले प्रत्येक छात्रालाई छात्रवृत्ति दिइरहेको छ। छात्रामैत्री शौचालय व्यवस्थाको अभियान नै चलेको छ। ०६४ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष १० कक्षाको परीक्षा दिन लागेका हुन्।

शिक्षा विभागका अनुसार त्यस वर्ष कक्षा १ मा १३ लाख ३४ हजार १ सय ९४ जना भर्ना भएका थिए। भर्ना भएका मध्ये ८ लाख ६९ हजार विद्यार्थी कक्षा १० सम्म पनि आइपुगेनन्।

१ कक्षामा भर्ना भएका मध्ये ३५ प्रतिशत विद्यार्थीमात्र हाल १० कक्षाको परीक्षाको तयारीमा छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

न्यायको कठघरामा न्यायिक समिति

वसन्त आचार्य  २ वैशाख २०८२, न्याय एक बृहत् अवधारणा हो । यो एक दर्शन पनि