काठमाडौं : स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसकी स्ववियु सभापति उम्मेदवार रिमा क्षेत्रीले आत्महत्या गरेकी छिन्। नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सभापतिमा उम्मेदवारी दिएकी उनी पराजित भएकी थिइन्। मतपरिणाम आइसकेपछि २१ वर्षकी उनले झुन्डिएर आत्महत्या गरेको स्याङ्जा प्रहरीले जनाएको छ।
बुधबार भएको चुनावमा उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी प्रतिष्ठा कार्कीले विजय हासिल गरेकी छिन्। पारिवारिक स्रोतले बताएअनुसार चुनावमा पराजित भए पनि क्षेत्रीले दुखमनाउ भने गरेकी थिइनन्। मतपरिणामपछि उनी विजयी अन्य विद्यार्थी संगठनको जुलुसमा सहभागी थिइन्। पारिवारिक स्रोतका अनुसार उनले हारपछि ‘अर्को पटकको स्ववियु चुनावमा मैले नै टिकट पाउँछु र जितेर देखाउँछु’ भनेकी थिइन्।
आज बिहान परिवारका सदस्यसँग उनले सामान्य अवस्थामै कुराकानी गरेकी थिइन्। चिया खाएर बुवाआमा मेलापात गएपछि ‘अबिर लागेकाले नुहाउँछु’ भन्दै बाथरुम छिरेकी थिइन्। बुवाआमा घर फर्केर आउँदा उनी मृत अवस्थामा फेला परेकी थिइन्।
उनले उम्मेदवारी दिएपछि प्रेमी भने असन्तुष्ट रहेको र चुनावमा नलड्न आग्रह गर्दै आएको स्रोतले बतायो। आत्महत्याको कारण बारे पोस्टमार्टमपछि मात्र थप भन्न मिल्ने एसपी बेदबहादुर बोगटीले पहिलोपोस्टलाई बताए।
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको
चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका