१७ फागुन, काठमाडौं । सरकारले दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्यामा बृद्धि गरेर भएपनि मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन पहल थालेको छ ।
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययन कार्यदलका संयोजक स्थानीय विकासमन्त्री हितराज पाण्डेका अनुसार कार्यदल संख्या बढाउने निष्कर्षमा पुगेको छ । तर, कति वटा स्थानीय तह थप गर्ने भन्ने कुरामा भने थप गृहकार्य भइरहेको मन्त्री पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।
आयोगले देशभर ७१९ स्थानीय तह सिफारिस गरेको छ, जसमध्ये प्रदेश नम्बर २ मा १०५ पर्छ ।
आयोगले सुरुमा अधिकतम ७४४ स्थानीय तहको सीमा बनाएर जिल्लागत रिपोट मागेको थियो । मन्त्रीस्तरीय कार्यदलले अहिले यही ७४४ सम्म जाने विकल्पमा छलफल गरिरहेको एक अधिकारीले जानकारी दिए ।
पहिलो प्रयास इलाकालाई आधार मान्ने
प्रदेश नम्बर २ मा इलाकाका आधारमा स्थानीय तह बनाउने विकल्पबारे गृहकार्य भइरहेको स्थानीय विकास सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।यसका लागि ८ जिल्लाका स्थानीय विकास अधिकारीलाई बोलाएर छलफल गरिएको छ । इलाका आधारमा जाने हो प्रदेश नम्बर २ मा १२८ स्थानीय तह हुनेछ ।
आज अन्तिम प्रतिवेदन
स्थानीय विकास मन्त्री नेतृत्वको कार्यदलले आज सरकारलाई आफ्नो अन्तिम प्रतिवेदन बुझाउँदैछ ।
हिजो दुई नम्बर प्रदेशका स्थानीय विकास अधिकारीहरु, विज्ञ र मन्त्रालयका अधिकारीहरुवीच विभिन्न चरणका छलफल गरेको स्थानीय विकास सचिव केदारबहादुर अधिकारीले बताएका छन् ।
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग